Author: चन्द्र बस्नेत

चन्द्र बस्नेतकनकाई ,जेठ १७ ।झापाको कनकाई नगरपालिका अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउदै सारथी बन्दै गएको छ। नगरले अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन कार्यलाई तिव्रता दिएको हो । नगरले अपाङ्गता भएकाहरुलाई क्षमता विकासदेखि सीपमूलक तालिमलाई दिदै आत्मनिर्भर बनाउन कार्यलाई पहिलो प्राथमिकतामा राखेको पाईएको छ। सोही सन्दर्भमा नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउन पाँच दिने कुचो बनाउने तालिम दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठको अध्यक्षता तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा आज तालिम समापन भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख शिवाकोटीले नगरले अपाङ्गता एवम् फरक क्षमता भएका र लक्षित वर्गलाई विशेष प्राथमिकता…

Read More

१७ जेठ २०८१कनकाईनेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा र सचीवमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ। गएराती भएको निर्वाचनबाट ३सय२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित हुनुभएको हो । स्थानीय स्तरमा विभिन्न संघसंस्थाको नेतृत्व तहमा रहेर अभिभावकत्व निर्वाह गर्दै आउनुभएको छ । ओझाको नेतृत्वमा आएको एमाले कनकाई नगर कमिटीले पाटी सुदृढीकरण साथै संगठन विस्तारमा थप भुमिका खेल्ने विश्वास गरिएको छ ।ओझाको प्रतिस्पर्धीका रुपमा रहेका छवीलाल थपलियाले २ सय ४ मत प्राप्त गर्नुभयो भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १सय ४८ मत प्राप्त गर्न सफल भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्षमा घनश्याम पौडेलले १सय८१ मत प्राप्त गर्दै विजयी बन्नुभयो। एमाले वडाकमिटी…

Read More

कनकाई, ६ बैशाख । झापाको कनकाई नगरपालिकामा आज एक दिने सहकारी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कनकाई नगरपालिकाको सहकारी शाखाको आयोजनामा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा कनकाईमा मुख्य कार्यालय र सेवा केन्द्र भएका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक डिल्ली दाहालले प्रशिक्षण समेत दिनुभएको थियो । उहाँले झापामा रहेका ७५६ वटा सहकारीमध्ये एक दर्जन सहकारीमा समस्या देखिएको बताउनुभयो । कार्यशालामा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सबै सहकारी खराब नभएको बताउँदै केही गलत नियत भएका व्यक्तिले गलत गर्दा सहकारीको बदनाम भएको बताउनुभयो । उहाँले सहकारी सञ्चालकहरुले सदस्यमैत्री बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “खराब सहकारीलाई…

Read More

देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ। ‘विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको देखिन्छ’, बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।’ आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा…

Read More

कनकाई, ३ जेठ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरज श्रेष्ठ आउनुभएको छ। सामान्य प्रशासन मन्त्रालयबाट श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आउनुभएको हो । श्रेष्ठले आजदेखि नगरपालिकामा कार्यभारसमेत सम्हालिसक्नुभएको छ।श्रेष्ठ राज्य पुनरसंरचनापछि बनेको कनकाई नगरपालिकाको सातौं प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । सूचना विभागमा कार्यरत उहाँ उपसचिवमा बढुवा भएपछि सामान्य प्रशासन मन्त्रालयमा जानु भएको थियो । २४ वर्ष राष्ट्रसेवक कर्मचारीका रूपमा सेवा गरिसक्नुभएका श्रेष्ठ पहिलोपटक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कनकाई नगरपालिका आउनुभएको हो।श्रेष्ठ इलामको सूर्योदय नगरपालिका –१० का स्थायी बासिन्दा हुनुहुन्छ ।

Read More

१० वैशाख २०८१ कनकाईझापाको कनकाई ३ सुरुङ्गामा विशेष पुजा अर्चना सहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाउँने निश्चित भएको छ । भोलि वैशाख ११ गते मंगलबार आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजक सस्था द्वय कनकाई नगर क्षेत्रको विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको पाथीभरा मारबाडी समाज तथा अग्रवाल समाज नगर समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस अवसरमा हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । आयोजक संस्था पाथीभरा…

Read More

६ वैशाख २०८१ कनकाई जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको मतदानमा  छ।कनकाई नगरपालिका २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी  सिमसार पर्यटकीय क्षेत्रको नयाँ नेतृत्वका लागि  जारी  मतदानमा यो समाचार तयार पार्दा सम्म ७ सय ३२ मत खसेको छ। सामुदायिक बनको ३० वटा टोलको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेको निर्वाचन समितिका संयोजक ददिराम पोखरेलले जानकारी दिनुभयो । मतदान गर्न कोही पनि उपभोक्ता तथा मतदाता बन्चित नहुन भनेर निर्वाचन समितिले स्थानीय राजनीतिक दलसँग छलफल गरेर निर्वाचनलाई सुरक्षित र ब्यवस्थित बनाएको संयोजक पोखरेलले बताउनुभयो। मतदान गर्न बन…

Read More

३० चैत २०८० कनकाई जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको आसन्न निर्वाचनको तयारीलाई तिब्र पारिएको छ । कनकाई नगरपालिका २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको नयाँ नेतृत्वका लागि निर्वाचन सम्बन्धी कार्यलाई निर्वाचन समितिले तिब्रता दिएको हो ।सोही क्रममा निर्वाचन समितिले शुक्रवार (आज) सामुदायिक बनको कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी बैशाख ६ गते हुने निर्वाचन कार्यक्रम सम्बन्धी जानकारी दिएको हो ।सामुदायिक बनको ३० वटा टोलको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेको निर्वाचन समितिका संयोजक ददिराम पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो । मतदान…

Read More

१६ चैत २०८०  कनकाई । झापाको कनकाई नगरपालिकाले जटिल प्रकृतिका रोग भएका बिरामीलाई घरमै पुगेर उपचार सहयोग रकम प्रदान गरेको छ ।जटिल रोग भएका बिरामीलाई संघिय सरकारबाट प्राप्त अनुदान बापतको पहिलो किस्ता स्वरुप ६ महिनाको रकम बिरामीका हातमा नै सहयोग  प्रदान गरिएको हो। नगरका ९१ जना जटिल रोगीलाई घरमै पुगेर रू २५ लाख ५५ हजार रुपैयाँ प्रदान गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार  पोखरेलले जानकारी दिनुभयो । “जटिल रोग भएका बिरामीलाई उपचारमा राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको छ”, उहाँले भन्नुभयो, “बिरामीको घरमा पुगेर उनीहरुकै हातमा पैसा दिएका छौं, उनीहरुको उपचारमा थोरै भए पनि राहत मिल्ने अपेक्षा छ ।”नगर प्रमुख…

Read More

१३ चैत २०८०कनकाई।झापाको कनकाई–३ सुरुङ्गामा रहेको रोटरी क्लब अफ कनकाई सुरुङ्गाले यस वर्षको होली पर्व धुमधामका साथ मनाएको छ । सुरुङ्गामा स्थापना भएको छोटो अवधिमा नै स्वदेश तथा विदेशमा नै नाम कमाउन सफल रोटरी क्लब अफ कनकाई सुरुङ्गाले होली पर्वलाई पनि अन्य पर्वहरु जस्तै सामुहिक आयोजना गर्दै मनाएको हो ।विगतका वर्षमा पनि नियमित रुपमा होली पर्व मनाउदै आइरहेको रोटरी क्लब अफ कनकाई सुरुङ्गाले यस बर्षमा समेत आफ्नो धर्म सस्कृतिको जर्गेना गर्नकै लागि विविध सास्कृतिक कार्यक्रमको आयोजना र सामुहिक खानाको व्यवस्था सहित पर्व मनाएको रोटरी क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो ।आयोजक संस्था रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष…

Read More