Sunday, January 19, 2025
Home Blog

भूकम्पको धक्काले आत्तिएर छतबाट हाम फालेपछि…

मंगलबार बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन्।

नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार निवासी एक जना पुरूष छतबाट हामफालेका हुन ।

दुवै खुट्टामा चोट लागेका उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी भूकम्पको धक्काले आत्तिएर बारामा विद्यार्थीहरु बेहोस भएका छन्। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

कनकाईका विभिन्न बाटो एकै साथ कालोपत्रे स्तउन्नती ।


चन्द्र बस्नेत
कनकाई १६ पौष ।

झापाको कनकाई नगरपालिका भित्रका विभिन्न कालोपत्रे सडकको स्तर उन्नति गरिएको छ।कनकाई नगरपालिका १,२ र ७ मा रहेका विभिन्न बाटोको १ हजार ६ सय ३५ मिटर सडकको एकैसाथ कालोपत्रेको स्तउन्नति गरिएको हो।

कनकाई १ स्थित जुकेकल्वोट देखी दक्षिण कनकाई ७ को भृकुटीमार्ग जोड्दै पुर्वमा भृकुटी स्कुल सम्म पश्चिममा पनि विभिन्न बिग्रेका स्थानमा त्यसैगरी डाडागाउ स्थित जामनबारी सामुदायिक बन जाने सडकोको विभिन्न स्थानमा कालोपत्रे सडको स्तरउन्ति गरिएको हो।

वडा नम्बर १ जुलेकल्वोटबाट दक्षिण ७ न जोड्ने शान्तिमार्गको ८ सय ८४ मिटर त्यसगरी भृकुटीमार्गमा १ सय ९४ मिटर र वडा न २ मा रहेको डाडागाउ मार्गमा ५ सय ५७ मिटर सडकको कालोपत्रेको स्तरउन्ति गरिएको हो ।
शान्तिमार्गको ८ सय ८४ मिटरका लागि १८ लाख त्यसगरी भृकुटीमार्गमा १ सय ९४ मिटरका लागि ५ लाख र वडा न २ मा रहेको डाडागाउ मार्गमा ५ सय ५७ मिटरका लागी १४ लाख गरि कुल ३८ लाख रुपैयाँको बजेटमा सडक कालोपत्रे गरीएको नगरपालिकाका ईन्जिनियर बिष्णु आङ्ग्दाबेले जानकारी दिनुभयो ।
सरोज कुमार बस्नेतको जमदार निर्माण सेवाप्राली भद्रपुरले ठेक्का लिएर योजना सम्पन्न गरेको हो ।जमदार निर्माण सेवाप्राली भद्रपुरसंग गत वर्ष नै योजना सम्झौता भएको थियो ।यसैगरी कनकाईको वडा न ८ बाट वडा ९ जाने हिमाली मार्ग पनि कालोपत्रे सडकको नै स्तर उन्नति गरिने तर उक्त मार्गको भने ठेक्का लाग्न बाकी रहेको ईन्जिनियर बिष्णु आङ्ग्दाबेले जानकारी दिनुभयो ।

यसैबीच , नगरमा बिकास निर्माणले तिव्रता पाएसगै नागरिकहरुपनि सन्तुष्टि बन्दै गएको पाइएको छ। नगरपालिकाले पहिलो प्राथमिकतामा नदिनाला नियन्त्रण ,बाटोघाटो निर्माण तथा स्तर उन्नति , अति विपन्न हरुकालागी मेयर आवासको व्यवस्था , कृषर्कका लागि निसुल्क सिचाई मोटर वितरण , मलमा सौलियत निशुल्क बिउ वितरण , न्यानो कपडा वितरण , अति बिपन्नका लागि निशुल्क स्वास्थ्य बिमाको व्यवस्था , महिला तथा अपांग लक्षित दर्जन बढी निशुल्क तालिमको व्यवस्था ,अति बिपन्नहरुका लागि स्वरोजगार सहित आत्म निर्भर बन्न नगरका दुई दर्जन बढीलाई ६० हजार बराबरका माग अनुसारको किराना तथा अन्य पसलको सामाग्री वितरण , अति विपन्न हरुका लागि लैना गाई तथा भैसी वितरण , कृषि औजारका सामाग्री वितरण , खेलकुद सामाग्री देखी जेष्ठ नागरिक एकल असाय लक्षित कार्यक्रम त्यसैगरि नगरका सबै वडामा जेष्ठनागरिक भवन लगायत सयौं कार्यक्रमले नै कनकाईका आम नागरिकहरुको मन नगरका मेयर -उपमेयर सहित सम्पुर्ण जनप्रतिनिधिहरुले जित्तै गएको पाईएको छ।यति बेला नगरका अधिकाङ्ग्स बाटोघाटो कालोपत्रे तेस्तै पेवर्सका साथसाथै ,उच्च स्तरीय ग्राभेल भएका छन।
त्यसैगरी नगरमा खानेपानीको समस्या छैन।


कृषिमा पनि सबैको सन्तुष्टि मिलेको पाईएको छ।
स्वास्थ्यमा ठुल्ठुला अस्पतालको जति नै सेवा पाईन थालेको छ।त्यस्तै खेल क्षेत्र , महिला तथा बालबालिका हरुका लागि पनि उतिकै प्राथमिकतामा परेको छ।नगरको बजेट तथा प्रदेश एवम् संघबाट प्राप्त हुने बजेटलाई प्रतेक वडालाई जनसंख्याको आधार , विकासको आवश्यकताको आधारमा बजेट बाड्फाड गरेको पाईएको छ।

आफुबाट धामीझाँक्री प्रतिको विश्वास कहिल्यै नघट्ने नगरप्रमुख थोप्राको भनाई।। संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्वता।।

चन्द्र बस्नेत

कनकाई, १० पौष ।

आफुबाट धामीझाँक्रीप्रतिको विश्वास कहिल्यै नघट्ने शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा (रोषन)ले बताउनुभएको छ।तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिस्ठान कोशी प्रदेश कार्य समिति तथा भगवती माता महारानी मन्दिर समितिद्वारा संयुक्त आयोजित सामुहिक धामीझाँक्री गुरुपुजा तथा चिल्लागढको चिनारी एवम् माता महारानी तुलसादेवी कार्की (काफ्ले)को जीवनी र उपचार पद्दति नामक पुस्तक लोकार्पण कार्यक्रमको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढमाआयोजित कार्यक्रमलाई आज बुधबारबिहान प्रमुख आतिथिको आशनबाट सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। नगर प्रमुख थोप्प्राले धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण प्रवधन प्रचारप्रसार एवम् धामीझाँक्रीहरुको समेत संरक्षणमा स्थानीय सरकार लागिपर्ने प्रतिवद्वता जनाउनुभयो।
उहाँले आफ्नो परिवारमा पिता पनि धामीझाँक्रीनै भएको र धेरै पहिला देखिनै उहाँबाट हुने उपचार पद्धतिबाट पनि आफू प्रेरित हुने गरेको सुनाउनु भएको थियोे ।


“नेपाली समाजमा धामीझाँक्रीको परिभाषा गलत पाईन्छ यो झाँक्री विद्या भनेको प्रकृतिको स्रोतबाट आर्जन हुने शक्ति वा ज्ञान पनि हो ।धामीझाँक्रीले गर्ने परम्परागत उपचार पनि विज्ञान सम्बद्ध नै छ” यो विद्याको खोज अनुसन्धान लेखन व्यापक हुनु पर्नेमा जोड दिदै नगर प्रमुख
थोप्प्राले अहिलेका धामीझाँक्रीमा साधनाको कमी रहेको र त्यसैको परिपूर्ति र झाँक्रीको ज्ञान र शक्तिको नविकरण गर्नका लागि नगर धार्मिक तथा पर्यटकिय स्थल चिल्लागढमा झाँक्रीहरुको तिर्थको आयोजना गरिएकोमा खुशी प्रकट गर्नुभएको थियोे ।
तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालको सभापतित्त्वमा भएको कार्यक्रममा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम , उदयपुर ,धनकुटा लगायत जिल्लाका माता(झाँक्रेनी) तथा धामी (झाँक्री) गरि १ सय ६० बढीको धामीझाँक्री हरुको सहभागीता रहेको थियो।

कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष भेट्वालले
समाज टुट्न होईन समाज जुट्नु पनि हो भन्दै धामीझाँक्रीहरुको सन्देश धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार गर्नु र पर्यटनहरु भित्र्याउनु पनि आफुहरुको मुख्य उश्येय रहेको बताउनुभएको थियोे ।
चिल्लागढको चिनारी एवम् माता तुलसा देवीकार्की (काफ्ले )को जिवनी र उपचार पद्धतिको
पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका खोज अनुसन्धान कर्ता तथा लेखक तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष भेट्वालले आफुसहित अन्य चन्द्रमणि रिमाल, डिल्लीराम खतिवडा सहित विभिन्न व्यक्तिहरुको अथक मेहनत र माता सगको डेड वर्षभन्दा धेरैको संङ्गत खोज अनुसन्धान बाट मात्रै पुस्तक प्रकाशन गर्न सफल भएको सुनाउनु भएको थियो।
कार्यक्रममा वडा म ९ का अध्यक्ष डिल्ली फ्याम्वु , माता तुलसादेवी कार्की (काफ्ले ) चिल्लागढ धाम व्यवस्थापन समिती अध्यक्ष शिशिर तुम्बाफो, धाम परिषरमा रहेका विभिन्न मन्दीर का अध्यक्षहरु दिननाथ खतिवडा , झलक सिंह अधिकारी ,गङ्गाराम न्यौपाने , मेधनी दङ्गाल, जयनारायण पौडेल लगायत दर्जन बढी प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियोे । उद्घाटनसत्रको स्वागत झाँक्री डिल्लीराम बास्कोटाले गर्नुभएको थियोे भने संचालन आयोजक समितिका सचिव डिकबहादुर कार्कीले गर्नुभएको थियो ।
त्यसपछिको सम्पूर्ण कार्यक्रमको सहजीकरण तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष भेट्वालले नै गर्नुभएको थियो ।
धामीझाँक्रीकोअ कार्यक्रममा के-के देखियो त!

बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!
पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !!
सै राजा सै सै, सै रानी सै सै…
यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थल झापाको शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढमा तन्त्र धामीझाँक्री हरुको र्याली सहितको भेला बुधबार आज सम्पन्न भएको छ। लामो समयदेखि गुप्तवास बसेका धामीझाँक्री मंसिर महिनाको पूर्णिमा अर्थात् गुरुपूर्णिमाको
अवसर पारेर धार्मिकस्थल झापाको शिवसताक्षी ९ चिल्लागढमा पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना समेत गरिएको तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालले जानकारी दिनुभयो ।
लामोसमय सम्म गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवताका साथमा उधौलीको अवसर पारी गुरुपुजा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगेर आफ्ना गुरु तथा देवीदेवताका मान्ने चलन मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाको शिवसताक्षी नगरपालिका९ मा रहेको धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढ परिषरमा र्याली भेला तथा ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) चिन्ताको आयोजना गरि मनाएको हो ।
कोशी प्रदेशका विभिन्न जिल्लाका धामीझाँक्री मंगलबार बिहानदेखि धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढमा जम्मा भएका थिए । धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढमा धामीझाँक्रीहरुको मेलामा रमिता हेर्ने सर्वसाधारणहरुको समेत बाक्लो उपस्थिति देखिन्थ्यो।

धामीझाँक्रीहरुद्वारा ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै मंगलबार रातभर धामी नाच् स्थल चिल्लागढमा बूढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहेको थियोे ।
कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम , उदयपुर ,धनकुटा लगायत जिल्लाका माता(झाँक्रेनी) तथा धामी (झाँक्री) गरि १ सय ६० बढीको धामीझाँक्री हरुको सहभागीता रहेकोे प्रदेश संयोजक भेट्वालले जानकारी दिनुभयो ।

कार्यक्रममा चिल्लागढ परिषर गेटबाट लामबद्ध भई आ–आफ्नो परम्परा अनुसारका धामीझाँक्री पहिरन लगाई बाजागाजा, ढोल, ढ्यांग्रो, थाल, झ्याम्टा, शंख, घन्टी बजाई चिल्लागढ परिषरभित्र रहेका सम्पुर्ण मठ-मन्दिरको परिक्रमा पस्चात निर्माण गरिएको धान थपनामा धुपबात्ती गरी आफ्नो आफ्नो मन्त्र र ज्ञानको सिद्धिका लागि प्राथन समेत गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका सहभागी सम्पूर्ण धामीझाँक्री, ओझा, बिजुवा, माताहरुलाई मुख्य व्यवस्थापक तथा कार्यक्रमका अध्यक्ष कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले पनि स्वागत गर्नुभएको थियो ।

गुरु पुजाको अवसरमा धार्मिक एवं पर्यटकीयस्थल चिल्लागढमा गई पुजा अर्चन गर्न अधिकाश मानिसहरू आ (आफ्नो मनोकाङ्क्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । मंगलबार रातभर चिल्लागढ परिषरमा सामूहिक तथा एकल रुपमा देवीदेवताको पूजाआरधानासहित चिन्ता समेत (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) गरेको र बुधबार दिउँसो मात्रै सबै धामीझाँक्री घर फर्किएको
कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले जानकारी दिनुभयो ।

कार्यक्रम सफल पार्न कोशी प्रदेश समन्वय समितिका सचिव डिक बा.कार्की, कोषाध्यक्ष रोशन सार्की सल्लाहकार समितिका संयोजक इन्द्र वर रिमाल, भगवती माता महारानी मन्दिर समितिका, सचिव डिल्लीराम बाँस्कोटा सदस्यहरु चिल्लागढ धाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्वापो सचिव वेदनिधि अधिकारी लगायत पदाधिकारी झाँक्री थान होम नाथ अधिकारी,चन्द्र कुमार दियाली, झरीलाल चौधरी, धनमान खाती, खडानन्द अधिकारी, कमल बास्तोला, होम नाथ अधिकारी,चन्द्र कुमार दियाली, झरीलाल चौधरी लगायत झाँक्री गुरुहरु कार्यक्रम प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने स्थानीय चिल्लगढ धाम बासी सम्पुर्णमा अध्यक्ष भेट्वालले आभार प्रकट गर्नुभएको थियोे ।
पछिल्लो समय धार्मिकस्थलहरुको महत्व बढ्दै गएपछि जिल्लास्थित १५ वटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिकस्थलको स्तरोन्नति तथा प्रवद्र्धन गरिरहेको पाइएको छ । सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरुले बताउने गरेका छ्न।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ । पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति तथा संरक्षण एवं प्रवद्र्धनको माग बढिररहेको छ । जिल्लास्थित सबै जातजातिका स्थानीय बासिन्दा आ–आफ्नो ऐतिहासिकस्थल संरक्षणमा जुटी रहेको पाईएको छ। कार्यक्रमको सहजीकरण कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले नै गर्नुभएको थियोे ।

एनआरटीले चुम्यो इलाम गोल्डकपको उपाधि

इलामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो संस्करणको इलाम गोल्डकप उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । शनिबार भएको फाइनलमा लिग विजेता चर्च ब्वाइजलाई ३–० गोलान्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एनआरटीले उपाधि दोहोर्‍याएको हो । एनआरटीको विजयमा विदेशी खेलाडी नेमारले १ र अञ्जन विष्टले २ गोल गरे ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा विजय सुनिश्चित गरेको हो । पहिलो हाफमा नेमारले बललाई जाली चुमाए । दोस्रो हाफमा अञ्जनले आकर्षक हेडिङबाट गोल गरे । उनैले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल पनि गरे । उपाधि जितेसँगै एनआरटीले नगद १० लाख र उपविजेता चर्च ब्वाइजले ५ लाख पाएका छन् । दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र पाए । मेन अफ् दि टुर्नामेन्ट अञ्जन विष्ट भए भने फाइनलको म्यान अफ् दि म्याच एनआरटीकै शिशिर लेखी भए ।

रेड हर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक सहभागी थिए ।

पत्रकार महासंघ इलाममा चापागाई नेतृत्वको प्यानल विजयी

नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाई निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार चापागाई ३५ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत सोम सुसेलीले जानकारी दिनुभयो ।

अध्यक्ष पदका प्रत्यासी राम योङहाङलाई ३ मतान्तरले पराजित गर्दै चापागाई प्यानल सहित निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा लोकेन थेबे, कोषाध्यक्षमा भगिरथ भण्डारी, दलित सदस्यमा योगेन्द्र शखर निर्विरोध निर्वाचित हुनुभएको अधिकृत सुसेलीले जानकारी दिनुभयो ।

महिला उपाध्यक्षमा सुनिता राई(खालिङ्ग) ४७ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी शृजना श्रेष्ठले २१ मत प्राप्त गर्नुभएको छ । टीका खतिवडाले सचिव पदमा ४१ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी बालकृष्ण बस्नेतललाई २१ मत प्राप्त भयो । खुल्ला सह–सचिवमा विनु खड्का ३६ मतका साथ निर्वाचित हुँदा उहाँका प्रत्यासी तीलविक्रम दर्जीले २९ मत प्राप्त गर्नुभयो । समावेसी सह–सचिवमा बलराम बराईलिले ३८ मत प्राप्त गर्दै ८ मतान्तरले ज्ञान केदिमलाई पराजित गर्नुभएको छ ।

महासंघको १६ सदस्यीय कार्यसमितिको महिला सदस्यमा सविता पाण्डे (४१), आदिवासी जनजाति सदस्यमा सुनिता मगर (३८), खुल्ला सदस्यहरुमा प्रकास नेपाल (४८), ठोमनाथ तिम्सिना (विनय) (४६), मनोज अधिकारी (४२), मनिस बस्नेत (४०), खेमराज ढकाल (३६) र रोशन काफ्ले (३८ं) मतका साथ निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सटेन्द्र जबेगूले जानकारी दिनुभयो ।

प्यानलबाट केन्द्रीय परिषद् सदस्यमा विप्लव भट्टराई, गणेश घिमिरे र सुजता सुनुवार समेत निर्विरोध हुनुभएको छ । यस्तै, प्रदेश परिषद् सदस्यमा शिव मुखिया, विमल दाहाल, दुर्गाभवानी पोख्रेल, राजीव नेउपाउने र सोम सुुनुवार समेत निर्विरोध निर्वाचित हुनुभएको छ । इलाममा पत्रकार महासंघका ७२ सदस्य मध्ये सनिवार सम्पन्न निर्वाचनमा ६९ जनाले मतदान गरेका थिए ।

अध्यक्षमा निर्वाचित चापागाईले इलामको पत्रकारिता र पत्रकारका लागि आफू जुनसुकै अवस्थामा पनि लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । ‘इलाम शाखाले सक्षम, जुझारु, अनुभवी, व्यावसायिक र पेसाप्रति निष्ठावान् नेतृत्व खोजेको थियो,’ उहाँ भन्नुहुन्छ, ‘इलामका सञ्चारमाध्यम आर्थिक रूपमा धरासयी छन् । स्थानीय मिडिया टिकाएर पत्रकारलाई व्यावसायिक र पत्रकारितामै आत्मनिर्भर बनाउनु अहिलेको मुख्य आवश्यकता हो ।’ स्थानीय मिडिया र पत्रकारलाई पत्रकारितामै टिकाइराख्न कानुनी व्यवस्था गर्नुपर्ने उहाँको धारणा छ ।

‘स्थानीय सरकारले स्पष्ट मिडिया नीति बनाउनुपर्छ, स्थानीय पत्रकार र मिडियालाई माया–दयाले होइन, कानुनी रूपमा स्थानीय तहको स्रोत उपभोग गर्ने अवस्था सिर्जना गर्नुपर्छ, मेरो मुख्य उद्देश्य पनि यही हो,’ उहाँ भन्नुहुन्छ्, ‘इलामका पत्रकारलाई शिर ठाडो गरी गर्वसाथ म पत्रकार हुँ भन्ने आभाष गराउन महासंघले पहल गर्नेर्छ ।’

उहाँले २०६७ देखि ०७० सालसम्म पनि इलाम शाखाको सचिवको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । त्यसपछि उहाँ दुई कार्यकाल महासंघको केन्द्रीय सभासद् हुनुभयो । प्रेस चौतारी इलाम शाखाको अध्यक्ष रहनुभएका चापागाईं २०६५ देखि ०६७ सालसम्म पनि चौतारी इलाम शाखाको सचिवमा कार्यरत हुनुहुन्थ्यो ।

चापागाईं १२ वर्षयता नागरिक राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ । करिब अढाई वर्ष नागरिक दैनिकको विराटनगरस्थित कार्यालयमा डेस्क इडिटर ९कपी इडिटर०को समेत अनुभव भएका उहाँ पालिकापेजडटकमका सञ्चालक/सम्पादक हुनुहुन्छ ।

उहाँले इलाम एफएममा समाचार सम्पादक, वाचक, कार्यक्रम उत्पादक र प्रस्तोता, इलाम पोस्ट दैनिकको सहसम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको छ । नयाँपत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्ष, न्युज २४ टिभीमा तीन वर्ष, नेपाल एफएम नेटवर्क, बिएफएम, इलाम आवाज साप्ताहिक, पूर्वमेची साप्ताहिक, पूर्णलोकतन्त्र साप्ताहिक, आँखा साप्ताहिक, मोफसल साप्ताहिक र क्यापिटल एफएमलगायत मिडियामा पनि उहाँले काम गरिसक्नुभएको छ । स

माजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर, शिक्षा संकाय र कानुन संकाय (पत्रकारिता विषय)मा स्नातक गरिसक्नुभएका पत्रकार चापागाईंले आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गरिरहनुभएको छ । सम्मानजनक मत प्राप्त गर्दै अध्यक्ष पदमा पराजित योङहाङले आफ्नो एजेन्डा नै चापागाईको पनि एजेन्डा रहेकाले श्रमजीवि पत्रकारको पक्षमा काम गर्न आग्रह गर्दै निर्वाचित टीमलाई बधाई दिनुभएको छ ।

झापा कप फुटबल प्रतियोगितामा आर्मीको विजयी शुरुवात

झापाको बिर्तामोडमा आजदेखि शुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ ।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई र निरज चौधरीले गोल गरे । भोलि आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच खेल हुनेछ ।

आजदेखि शुरु भएको झापा कप फुटबल प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।

एनपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । अहिले बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डौ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।

जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ । काठमाण्डौ ५ खेलमा ४ अङ्कसहित छैटौं तथा समान अङ्कसहित पोखरा सातौं स्थानमा छ ।

राष्ट्रपति पौडेलले पाँच वटा देशका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच वटा देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा. डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

एनपीएलमा विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो ।

विराटनगरका स्कट एडवार्डस्ले सर्वाधिक ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमन रेइफरले समान दुई विकेट लिए । केहीबेरमा पोखराले जवाफी ब्याटिङ गर्दैछ । समान चार खेल खेलेका पोखरा र विराटनगर एउटा खेलमा जीत र तीन वटामा हार बेहोरेर तालिकाको पुछारमा छन् ।

आज हुने दोस्रो खेलमा दिउँसो एक बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् । जनकपुर पाँच खेलमा आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । काठमाण्डौ चार खेलमा चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

पत्रकार महासंघ इलामको अध्यक्षमा चापागाईंको उम्मेदवारी

नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्वका लागि पत्रकार भीम चापागाईंले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यही मंसिर २८ मा हुने निर्वाचनमा महासंघको वर्तमान इलाम शाखा सचिव रहेका चापागाईंले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । इलामस्थित नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र स्वतन्त्र पत्रकारसहित संयुक्त व्यावसायिक प्यानलबाट चापागाईं साझा उम्मेदवार बनेको युनियन अध्यक्ष सविता पाण्डेले जानकारी दिइन् ।

२० वर्षयता पत्रकारितामा क्रियाशील चापागाईंले २०६७ देखि ०७० सालसम्म पनि इलाम शाखाको सचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । त्यसपछि उनी दुई कार्यकाल महासंघको केन्द्रीय सभासद् थिए । प्रेस चौतारी इलाम शाखाको अध्यक्ष रहेका चापागाईं २०६५ देखि ०६७ सालसम्म पनि चौतारी इलाम शाखाको सचिवमा कार्यरत थिए ।

इलामकै माइजोगमाई गाउँपालिका–५, सोयाङमा जन्मिएर इलाम नगरपालिका–७ मा बसोबास गरिरहेका चापागाईं १२ वर्षयता नागरिक राष्ट्रिय दैनिकमा कार्यरत छन् । करिब अढाई वर्ष नागरिक दैनिकको विराटनगरस्थित कार्यालयमा डेस्क इडिटर (कपी इडिटर)को समेत अनुभव गरिसकेका उनी पालिकापेजडटकमका सञ्चालकरसम्पादक हुन् ।

उनले इलाम एफएममा समाचार सम्पादक, वाचक, कार्यक्रम उत्पादक र प्रस्तोता, इलाम पोस्ट दैनिकको सहसम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए । नयाँपत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्ष, न्युज २४ टिभीमा तीन वर्ष, नेपाल एफएम नेटवर्क, बिएफएम, इलाम आवाज साप्ताहिक, पूर्वमेची साप्ताहिक, पूर्णलोकतन्त्र साप्ताहिक, आँखा साप्ताहिक, मोफसल साप्ताहिक र क्यापिटल एफएमलगायत मिडियामा पनि उनले काम गरिसकेका छन् ।

समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर, शिक्षा संकाय र कानुन संकाय (पत्रकारिता विषय)मा स्नातक गरिसकेका पत्रकार चापागाईंले आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययनको तयारी गरिरहेका छन् ।

पत्रकार चापागाईंले नागरिक राट्रिय दैनिकबाट सर्वोत्कृष्ट फिचर लेखन अवार्ड, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, प्रादेशिक आर्थिक तथा कृषि पत्रकारिता पुरस्कार, प्रादेशिक युवा जर्नालिज्म अवार्ड, प्रादेशिक मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार, आशिष स्मृति पत्रकारिता पुरस्कार, उत्कृष्ट समाचार लेखन सम्मान, क्षेत्रीय शिक्षा लेखनवृत्ति, उत्कृष्ट सहसम्पादक सम्मान, महेश कार्की स्मृति खेलकुद पत्रकारिता पुरस्कार, उत्कृष्ट यातायात सेवा पत्रकारिता पुरस्कारलगायत पुरस्कार र सम्मान पाएका छन् ।

नेपाल पत्रकार महासंघको मंसिर २८ मा हुने निर्वाचनमा अध्यक्ष पदको उम्मेवार बन्दैगर्दा उनले इलामको पत्रकारिता र पत्रकारका लागि आफू जुनसुकै अवस्थामा पनि लागिपर्ने प्रतिबद्धता गरेका छन् । कोरोनाको समयमा इलामका पत्रकारलाई रिपोर्टिङ र समाचार सम्पे्रषण गर्नमात्र होइन, ज्यान जोगाउनै धौधौ भएका बेला महासंघ सचिवका रूपमा चापागाईंले इलाममा कार्यरत धेरैजसो पत्रकारका घर–घर पुगेर सेनिटाइजर, मास्क, औषधिलगायत वितरण गरेका थिए ।

‘पत्रकारका लागि अत्यन्त जटिल त्यो अवस्था सम्झिँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ,’ उनी सम्झिन्छन्, ‘कोरोनाले संक्रमित सबैजसो पत्रकारका घरै पुगेर राहतका सामग्री हातैमा राखिदिएर फर्किंदा निकै जोखिम सामना गर्नुपरेको थियो । तर, पनि डगमगाएनौं । पत्रकारलाई सबैखाले सहयोग गर्नु हाम्रो सबैभन्दा ठूलो कर्तव्य–जिम्मेवारी थियो । सकेसम्म पूरा गर्ने प्रयास गरिएको हो ।’

महासंघ इलाम शाखाको अबको नेतृत्व सबै पत्रकारको साझा, समावेशी, सक्षम र क्रियाशील बनाउन आफू लागिपरेको चापागाईं बताउँछन् । ‘इलाम शाखाले सक्षम, जुझारु, अनुभवी, व्यावसायिक र पेसाप्रति निष्ठावान् नेतृत्व खोजेको छ,’ उनी भन्छन्, ‘इलामका सञ्चारमाध्यम आर्थिक रूपमा धरासयी छन् । स्थानीय मिडिया टिकाएर पत्रकारलाई व्यावसायिक र पत्रकारितामै आत्मनिर्भर बनाउनु अहिलेको मुख्य आवश्यकता हो ।’

स्थानीय मिडिया र पत्रकारलाई पत्रकारितामै टिकाइराख्न कानुनी व्यवस्था गर्नुपर्ने उनको धारणा छ । ‘स्थानीय सरकारले स्पष्ट मिडिया नीति बनाउनुपर्छ, स्थानीय पत्रकार र मिडियालाई माया–दयाले होइन, कानुनी रूपमा स्थानीय तहको स्रोत उपभोग गर्ने अवस्था सिर्जना गर्नुपर्छ, मेरो मुख्य उद्देश्य पनि यही हो,’ उनी भन्छन्, ‘इलामका पत्रकारलाई शिर ठाडो गरी गर्वसाथ म पत्रकार हुँ भन्ने आभाष गराउन महासंघले पहल गर्नुपर्छ ।’

यो प्यानलबाट उपाध्यक्षमा लोकेन थेबे, उपाध्यक्ष (महिला)मा सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा विनु खड्का, सहसचिव (समावेशी)मा बलराम बराइली र कोषाध्यक्षमा भगीरथ भण्डारीले उम्मेदवारी दिएका छन् ।
सदस्यमा सविता पाण्डे, प्रकाश नेपाल, मनोज अधिकारी, ठोमनाथ तिम्सिना (विनय), योगेन्द्र शंकर, सुनिता मगर, खेमराज ढकाल, रोशन काफ्ले र मनिष बस्नेतले उम्मेदवारी दिएका छन् ।

प्यानलबाट केन्द्रीय परिषद् सदस्यमा विप्लव भट्टराई, गणेश घिमिरे र सुजता सुनुवारको उम्मेदवारी परेको छ । यस्तै, प्रदेश परिषद् सदस्यमा शिव मुखिया, विमल दाहाल, दुर्गाभवानी पोख्रेल, राजीव नेउपाउने र सोम सुुनुवारको उम्मेदवारी छ ।