Friday, November 8, 2024

जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको मतदान जारी, हालसम्ममा ७ सय ३२ मत खस्य

Share

६ वैशाख २०८१ कनकाई
जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको मतदानमा  छ।
कनकाई नगरपालिका २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी  सिमसार पर्यटकीय क्षेत्रको नयाँ नेतृत्वका लागि  जारी  मतदानमा यो समाचार तयार पार्दा सम्म ७ सय ३२ मत खसेको छ।

सामुदायिक बनको ३० वटा टोलको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेको निर्वाचन समितिका संयोजक ददिराम पोखरेलले  जानकारी दिनुभयो । मतदान गर्न कोही पनि उपभोक्ता तथा मतदाता बन्चित नहुन भनेर निर्वाचन समितिले स्थानीय राजनीतिक दलसँग छलफल गरेर निर्वाचनलाई सुरक्षित र ब्यवस्थित बनाएको संयोजक पोखरेलले बताउनुभयो।

मतदान गर्न बन समुहले जारी गरेको कार्डमा नाम भएका २ जना मध्ये एकले मतदान गरिरहेकोे निर्वाचन समितिका सदस्य भुवन खतिवडाले जानकारी दिनुभयो ।

निर्वाचनबाट अध्यक्षमा एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना निर्वाचित र एक जना सदस्य मनोनित हुने कार्य समितिका लागि मतदान भएको हो।
निर्वाचनमा तीन वटा प्यानलले उम्मेद्वारी दिएर  मैदानमा हुमिएका हुन।

पर्शुराम गिरीको नेतृत्व, सिता अधिकारीको नेतृत्व र बुद्धिमान बोहाराको नेत्तुत्वमा प्यानल खडा गरी चुनावी मैदानमा हुमिएका थिए ।

सम्वन्धित

अन्य समाचार