१० वैशाख २०८१ कनकाई
झापाको कनकाई ३ सुरुङ्गामा विशेष पुजा अर्चना सहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाउँने निश्चित भएको छ । भोलि वैशाख ११ गते मंगलबार आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजक सस्था द्वय कनकाई नगर क्षेत्रको विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको पाथीभरा मारबाडी समाज तथा अग्रवाल समाज नगर समितिले जनाएको छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/04/20211202013837_IMG_6813-1024x683.jpg)
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस अवसरमा हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/04/20211202014126_IMG_6819-1024x683.jpg)
आयोजक संस्था पाथीभरा मारबाडी समाजका अध्यक्ष ईश्वर चन्द्र गोयलका अनुसार सुरुङ्गामा भोलि वैशाख ११ गते मंगलबार बिहान ९ बजेदेखी सुरुङ्गा बजारभरि निशान यात्रा गरि मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम संकीर्तन एवं निशान पुजनसहित संचालन हुने हनुमान जयन्तीमा गुरु पुरोहितहरुको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन लगायत कथा प्रवचन हुने जानकारी दिनुभयो ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/04/20211202014403_IMG_6824-1024x683.jpg)
कनकाई उद्योग वाणिज्य संघको उत्तरमा रहेको हनुमान मन्दिरबाट भोलि(मंगलबार
बिहान् ९ बजे सुरु हुने कार्यक्रम बजार परिक्रमा पश्चात् पुनः मन्दिरमा नै आएर बिहान ११ बजेदेखी महाप्रसाद (भण्डारा) संचालन गर्ने सन्ध्याकालिन समयमा समेत विशेष कार्यक्रम संचालन गर्ने समाजका सदस्य सचिन वंशल सक्रिय युवा मुकेशकुमार गोयल र राहुल वंशल लगायतले जानकारी गराउनुभएको थियोे ।
कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधि , सुरक्षा कर्मी लगायत करिव ४ सय बढी भक्तजनको सहभागी हुने अपेक्षा रहेकोे आयोजकको परिवारको विश्वास छ।