Saturday, November 9, 2024

सुरुङ्गामा रहेका रोटरी र जेसिजद्वारा छुट्टाछुट्टै होली मिलन

Share


१३ चैत २०८०
कनकाई।
झापाको कनकाई–३ सुरुङ्गामा रहेको रोटरी क्लब अफ कनकाई सुरुङ्गाले यस वर्षको होली पर्व धुमधामका साथ मनाएको छ । सुरुङ्गामा स्थापना भएको छोटो अवधिमा नै स्वदेश तथा विदेशमा नै नाम कमाउन सफल रोटरी क्लब अफ कनकाई सुरुङ्गाले होली पर्वलाई पनि अन्य पर्वहरु जस्तै सामुहिक आयोजना गर्दै मनाएको हो ।
विगतका वर्षमा पनि नियमित रुपमा होली पर्व मनाउदै आइरहेको रोटरी क्लब अफ कनकाई सुरुङ्गाले यस बर्षमा समेत आफ्नो धर्म सस्कृतिको जर्गेना गर्नकै लागि विविध सास्कृतिक कार्यक्रमको आयोजना र सामुहिक खानाको व्यवस्था सहित पर्व मनाएको रोटरी क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो ।
आयोजक संस्था रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा भएको होली मिलन कार्यक्रममा संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती , पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल , सुसिलकुमार श्रेष्ठ , टिकाप्रसाद जमरकट्टेल सुरुङ्गा जेसिजका पुर्व अध्यक्ष कमल कट्टेल लगायतले पर्वको महत्त्वको बारेमा प्रष्ट पार्नुभएको थियो ।
रोटरी क्लब अफ कनकाई सुरुङ्गाले हरेक पर्व तथा उत्सव मनाउदै आएको र पछिल्लो पीडिलाई पनि सहि सस्कार पुस्तान्तरण गर्नकै लागि होलिपर्व आयोजना गरिएको पुर्व अध्यक्षहरु कुमारमणि पोखरेलले स्पष्ट पार्नुभयो । कार्यक्रममा पुर्व अध्यक्ष सुसिलकुमार श्रेष्ठले आफ्ना धारणा सहित विभिन्न गित प्रस्तुत गर्दै सहभागी सबैलाई नचाउनुभएको थियोे । कार्यक्रममा अन्य दर्जन बढी होली विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो ।
केहीदिन अघि मात्रै स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ कनकाई सुरुङ्गाले आयोजना गरिएको कनकाई साहित्य महोत्सवको स्वदेश तथा विदेशमा नै चर्चा कमाएको थियो । संस्थाले विभिन्न समयमा स्वास्थ्य शिविर, शैक्षिक सामाग्री हस्तान्तरण ,वृक्षा रोपण , ड्स्विन वितरण , सरसफाइ अभियान लगायत दर्जनौं कार्यहरू गर्दै आएको छ ।
यसैबीच,
झापाको कनकाई–३ सुरुङ्गामा रहेको सुरुङ्गा जेसिजले पनि यस वर्षको होली पर्व धुमधामका साथ मनाएको छ ।समय अनुसार विभिन्न चाडपर्व मनाउदै आएको जेसिजले यस वर्ष पनि होली विशेष विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरि पर्व मनाएको हो।आफ्नो धर्म सस्कृतिको जर्गेना गर्नकै लागि विविध सास्कृतिक कार्यक्रमको आयोजना गर्दै होली पर्व मनाएको अध्यक्ष राजुपाठकले जानकारी दिनुभयो ।
सुरुङ्गा जेसिज अध्यक्ष राजु पाठकको सभापतित्वमा आयोजना गरिएको होली मिलन कार्यक्रममा जग्गा दाता घनश्याम बरालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले होलीको महत्व र सुरुङ्गा जेसिजले आयोजना गरेको होली पर्वले एकअर्काविच भाइचाराको सम्बन्ध अझ बढेर जाने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, लक्ष्मी प्रसाद उप्रेती , सरला दाहाल( पोखरेल) शिवकुमार कडेल, यदुका उप्रेती , सुस्मा न्यौपाने , कमल कट्टेल लगायतले होली पर्वले एकअर्काविचको भाइचाराको सम्बन्ध अझ बढेर जाने बताउनुभएको थियोे ।सुरुङ्गा जेसीजका महासचिव रिसबसिंह चहारले सञ्चालन गरेको कार्यक्रममा होली सम्बन्धि गितहरुमा नाचगान समेत प्रस्तुत गरिएको थियो ।

सम्वन्धित

अन्य समाचार