Author: समिर आलम

२४ माघ २०८० चन्द्र बस्नेतकनकाई। छैटौँ संस्करणको झापा गोल्डकप तयारीलाई तिब्रता पारिएको छ। यसपटकको छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २८…

Read More

२३ माघ २०८० चन्द्र बस्नेत कनकाई झापा कनकाई ५ मा रहेको एकता बाल संजालको पुर्न गठन गरिएको छ। आज मंगलबार कनकाई ५ को वडा कार्यलय परिसरमा वडाध्यक्ष सग बालबालिका भन्ने कार्यक्रमको आयोजना गरि बाल संजालको पुर्न गठन गरिएको हो। एकता बाल संजालको आज भएको पुर्न गठन कार्यक्रममा एलिसा पाठकको अध्यक्षतामा ९ सदस्यीय संजाल गठन गरिएको हो।संजालको उपाध्यक्षमा दिक्षा निरौला सचीवमा सुभेक्षा प्रसाईं सहसचिवमा सौगात बस्नेत कोषाध्यक्षमा राम मुर्मु रहेका छन भने सदस्यमा राज तामाङ,अनुस पौडेल,अनिस भटराई र सर्गम खडका रहेको नगर बाल संजालका अध्यक्ष अभिसेख मिश्रले जानकारी दिनुभयो । सौगात गड्तटौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिती समेत रहनुभएका कनकाई ५…

Read More

२३ माघ २०८०,चन्द्र बस्नेत कनकाई । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक लगानी र व्यवस्थापनमा गर्न सकिने व्यावसायिक परियोजनाहरूमा युवाहरूको सहभागिता बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।मङ्गलबार झापाको शिवसताक्षी–४ सालमारामा झापा इनर्जी लिमिटेडले निर्माण गरेको १० मेगावाट क्षमताको सौर्य विद्युत परियोजनाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले युवाहरुलाई उद्यमशील बनाउन जरुरी भएको बताउनुभयो । अधिकांश युवा जागिर खाने मनस्थितिमा रहेको जनाउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अब जागिर होइन उद्यमी बन्न युवाहरूलाई प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । सामूहिक लगानी र व्यवस्थापनमा आय आर्जन हुने खालका परियोजनाहरूमा लगानी गर्न सके आर्थिक विकास र समृद्धिका लागि धेरै समय नलाग्ने एमाले अध्यक्ष ओलीको…

Read More

२३ माघ २०८० चन्द्र बस्नेत कनकाई , राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ ।यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ ।यस्तै भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्नेछ । यसअघि भुटानको पारो एफसी आउने भनिए पनि अन्तिम समयमा नआउने भएको आयोजकले जनाएको छ ।

Read More

२३ माघ २०८०कनकाई। शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेका हुन। कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक सबैभन्दा बढी पनि हो ।ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार उपचार कोषको…

Read More

२३ माघ २०८० चन्द्र बस्नेत कनकाई , कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घ्यू तथा धूलो दुध निर्यातमा प्रोत्साहन अनुदान दिने न्यूनतम मापदण्ड तयार गरेको छ । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबद्र्धन अनुदान (दोस्रो संशोधन) मापदण्ड २०८० लागू गरेको हो । मापदण्ड अनुसार नौनीलाई प्रतिकिलो ९० रुपैयाँ, घ्यूमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको छ ।अनुदान पाउनका लागि निर्यातकर्ताले पालना गर्नुपर्ने ८ वटा न्यूनतम प्राविधिक मापदण्ड पुरा गर्नुपर्ने छ । मन्त्रालयले भने अनुदान सञ्चालन गर्नका लागि चारवटा प्रक्रिया पनि उल्लेख गरेको छ ।…

Read More

२३ माघ २०८० चन्द्र बस्नेत कनकाई , नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको शवयात्रामा हजारौले सहभागिता जनाएका छन् । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयबाट निकालिएको शवयात्रामा हजारौको सहभागिता रहेको हो । त्यसअघि स्व. नेता बुढाथोकीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको थियो ।उहाको शवलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व मुख्यमन्त्री उद्धव थापा ,पूर्व महान्यायाधिवक्ता अग्नी खरेल ,कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी , सरिता प्रसाई , अमृत अर्याल, पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यस्तै ठूलो संख्यामा विभिन्न पार्टीका नेता…

Read More

२३ माघ २०८० कनकाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ । नेता बुढाथोकीको बिराटनगरस्थीत बिराट मेडिकल कलेजमा उपचारकै क्रममा ८० बर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो । लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पिडित नेता बुढाथोकीको पछिल्लो समय मृगौलामा समस्या आएका कारण उपचार गराइरहनु भएको थियो । सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री हुनु भएको थियो । नेता बुडाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत साहयाक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भईसक्नुभएको…

Read More

२१ माघ २०८० चन्द्र बस्नेत/ कनकाई नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवनमा निषेध गरेको भन्दै झापाको कनकाई नगरपालिका सम्मानित भएको छ। कनकाई नगरपालिकालाई नेपाल क्यान्सर फाउडेशन , बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र रोटरी क्लव अफ मिट टाउनसँगको सहकार्यमा सम्मान गरेको हो। विश्व क्यान्सर दिवसको अवसर पारेर आइतवार (आज) झापाको बिर्तामोडमा नेपाल क्यान्सर फाउडेशनका सस्थापक अध्यक्ष तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्रकुमार यादवले सम्मानपत्रसहित कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उप प्रमुख आशा शर्मा शिवाकोटी समेतलाई सम्मान गर्नुभएको हो। नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको…

Read More

झापा \ नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहादको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।झापाको झापा गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभा हलमा सम्पन्न जिल्ला अधिवेशनले जलाल अलीको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नयाँ समितिले थप तीन जना सदस्य मनोनय गर्दै १५ सदस्यीय कार्यसमिति गठन गर्ने जनाइएको छ ।   संगठनको उपाध्यक्षद्वयमा मुर्सेद अली र साविर अन्सारी, सचिवमा नविना खातुन, सहसचिवद्वय मोहम्मद इस्लाम र इसाक आलम चयन भएका छन । त्यसैगरी सदस्यहरुमा नेहा खातुन, अख्तर आलम, मनेरुल हक, जाकिर हुसेन, समिना खातुन र समसाद मियाँ सर्वसम्मत रुपमा चयन भएको संगठनको प्रदेश उपाध्यक्ष…

Read More