Sunday, January 19, 2025

झापा अर्जुनधारा निवासी पुर्व मन्त्री बुढाथोकीको निधन

Share

२३ माघ २०८० कनकाई

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ । नेता बुढाथोकीको बिराटनगरस्थीत बिराट मेडिकल कलेजमा उपचारकै क्रममा ८० बर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पिडित नेता बुढाथोकीको पछिल्लो समय मृगौलामा समस्या आएका कारण उपचार गराइरहनु भएको थियो । सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री हुनु भएको थियो ।

नेता बुडाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत साहयाक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भईसक्नुभएको नेता बुडाथोकी जनतामाझ लोकप्रिय नेता रहनुभएको थियो । उहाँ जनतामाझ चर्चित र लोकप्रिय रहनुभएको थियो ।


दुई छोरा एक छोरी रहनुभएका बुडाथोकीको पार्थिक शरिरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगाईले जानकारी दिनुभयो । सम्भवत परिवारसग सल्लाह गरेर आजै कनकाई माई नदिमा अन्तिम सस्कार गरिने बताएको छ।

सम्वन्धित

अन्य समाचार