Author: चन्द्र बस्नेत

३ असोज २०८० झापा नेपालमा संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। विसं २०७२ साल असाेज ३ गते संविधान जारी भएकाे दिन आज नवाैँ संविधान दिवस मनाइँदै छ। संविधानमा लेखिएका मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन भने अझै बनेका छैनन्। ​दलहरु सत्ता कै लुछाचुँडीमा केन्द्रीत हुँदा कानुन निर्माणको थलो संसद बन्धक जस्तै बनेको छ। सत्तामा हुँदा ठिक विपक्षमा पुग्दा सबै बेठिक भन्ने प्रवृत्तिले एकातिर कानुन नै बन्न सकेको छैन भने अर्कोतिर बनेका कानुन कार्यान्वयन भएका छैनन्। जनताले जिताएका जनप्रतिनिधि कानुन बनाउनेभन्दा पनि प्रधानमन्त्री फेर्न दौडिने गरेका छन्। चुनावका बेला नेपाललाई कायापलट गरिदिने घोषणा गर्ने नेताहरु सत्तामा पुगेपछि काण्डैकाण्ड…

Read More

२,असोज २०८०झापा – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले भोलि बुधवारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।् भोलि संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा…

Read More

२ असोज २०८०झापाको भद्रपुर स्थित झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीलाई दिइएको छ । भद्रपुर नगरपालिकाले बिराटनगर १३ का चिकित्सक दम्पत्ती सुनित अग्रवाल र अंकिता राठीलाई अभिभावकत्वको जिम्मा लगाएको जनाएको छ । भद्रपुर नगरपालिकाले अभिभावकत्व लिन चाहनेहरुको निवेदनउपर छलफल गरी विराटनगरका चिकित्सक दम्पतीलाई सो बच्चाको अभिभावकत्व दिने निर्णय गरेको हो । अभिभावकत्व लिनका लागि पाँच दम्पतीले निवेदन परेको थियो । इलाम २ का मनकुमार तामाङ र नानु तामाङ , भद्रपुर १ का पर्शुराम लुइटेल र इश्वरादेवी बिमली , अर्जुनधारा ६ का खगेन्द्रराज खरेल र गीता अधिकारी खरेल तथा भद्रपुर ४ का सन्तोष बस्नेत र मिना दाहाल बस्नेतले अभिभावकत्व लिनका…

Read More

यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो ।०६२÷०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन पारेर यसवर्षदेखि असोज २ गते दिवस मनाउने निर्णय हो ।यताबिर्तामोड नगरपालिकाले आज मनाइने राष्ट्रिय शिक्षा दिवसका कार्यक्रम स्थगित गरेको छ । प्रस्तावित नयाँ शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरू आन्दोलित भएका कारण नगरपालिकाले शिक्षा दिवसको पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरेको हो ।प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले आज एक…

Read More

भारतले क्यानडाली एक कूटनीतिज्ञलाई भारत छोड्न उर्दी दिएको छ ।क्यानडाले एकजना शिख नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतका एक कूटनीतिज्ञलाईदेश निकाला गरेको २४ घण्टा बित्न नपाउँदै भारतले पनि एकजना क्यानडालीलाई भारत छोड्न भनेको हो ।क्यानडा सरकारले शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै एक भारतीय कुटनीतिज्ञलाई मंगलबार देश निकाला गरेको थियो । १८ जुनमा निज्जरको गोली हानी हत्या गरिएको थियो ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाली गुप्तचरले निज्जरको हत्यामा भारतको संलग्नता रहेको जानकारी दिएका बताएका छन् । भारतीय विदेश मन्त्रालयले उक्त दाबीलाई भने अस्वीकार गर्दै त्यसको बदलामा भारतमा रहेका एक क्यानडाली कूटनीतिज्ञलाई ५ दिन भित्र…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज (मंगलबार) अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्दै छन् । अमेरिकाको न्यूयोर्कमा उनीहरूबीच संक्षिप्त भेटवार्ता हुन लागेको हो । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूर्योक पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्ने रात्रिभोजअघि उनीहरूबीच संक्षिप्त भेटवार्ता हुनेछ । भेटपछि सामूहिक फोटो खिचेर राष्ट्रपति बाइडेनले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।स्थानीय समयअनुसार रात्रिभोज मंगलबार साँझ ७ बजेबाट सुरु हुनेछ । नियोगका अनुसार मंगलबार नै न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्ता स्थानीय समयअनुसार दिउँसो ४ बजे हुने…

Read More

झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय स्तरको भाटभटेनी सुपर मार्केट निर्माणको सम्पूर्ण काम पुरा भएको छ । भौतिक निर्माण सगै भित्री सजावटको काम पनि पुरा भएको छ। आगामी असोज ४ गते बिहीवार औपचारिक उद्घाटन गर्ने लक्ष्यका साथ काम सम्पन्न भएको कम्पनीका मेनेजर विनोद भट्टराईले जानकारी दिनुभयो । गत ११ महिना अघि देखि निर्माणकार्य सुरु भएको यस सुपरमार्केट नेपालका लागि चमत्कारी ढंगबाट निर्माण कार्य भएको एक परियोजना नै बन्न पुगेको छ । निर्माण शुभारम्भको छोटो अवधीमा नै २४ सै घण्टा निरन्तर काम गरेर हाल भाटभटेनीले यो सफलताको परिणाम प्राप्त गरेको हो देख्न सकिन्छ। उद्घाटनको अवसरमा भाटभटेनीले समाजिक उत्तरदायित्व अन्तरगत केही प्रभावकारी काम पनि गरेको…

Read More