Friday, October 11, 2024

आज शिक्षा दिवस मनाईदै, विर्तामोडले भने मनाएन शिक्षा दिवस

Share

यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो ।०६२÷०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन पारेर यसवर्षदेखि असोज २ गते दिवस मनाउने निर्णय हो ।
यता
बिर्तामोड नगरपालिकाले आज मनाइने राष्ट्रिय शिक्षा दिवसका कार्यक्रम स्थगित गरेको छ । प्रस्तावित नयाँ शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरू आन्दोलित भएका कारण नगरपालिकाले शिक्षा दिवसको पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले आज एक सूचना जारी गरी राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा आयोजित विविध कार्यक्रम अर्को सूचना नभएसम्म हाललाई स्थगित गरिएको जनाएका छन् । नयाँ शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू आन्दोलित रहेका छन् । उनीहरूले विद्यालय बन्दसम्मको आन्दोलन घोषणा गरेका छन् ।

सम्वन्धित

अन्य समाचार