Friday, February 14, 2025

नेपालमा संविधान जारी भएको ८ वर्ष पूरा।।नवाैँ संविधान दिवस आज मनाइँदै ।।

Share

३ असोज २०८०

झापा

नेपालमा संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। विसं २०७२ साल असाेज ३ गते संविधान जारी भएकाे दिन आज नवाैँ संविधान दिवस मनाइँदै छ।

संविधानमा लेखिएका मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन भने अझै बनेका छैनन्। ​दलहरु सत्ता कै लुछाचुँडीमा केन्द्रीत हुँदा कानुन निर्माणको थलो संसद बन्धक जस्तै बनेको छ।

सत्तामा हुँदा ठिक विपक्षमा पुग्दा सबै बेठिक भन्ने प्रवृत्तिले एकातिर कानुन नै बन्न सकेको छैन भने अर्कोतिर बनेका कानुन कार्यान्वयन भएका छैनन्। जनताले जिताएका जनप्रतिनिधि कानुन बनाउनेभन्दा पनि प्रधानमन्त्री फेर्न दौडिने गरेका छन्।

चुनावका बेला नेपाललाई कायापलट गरिदिने घोषणा गर्ने नेताहरु सत्तामा पुगेपछि काण्डैकाण्ड मच्चाउन व्यस्त हुदाँ लाखौँ युवापुस्ता विदेश जाने लाइनमा छन्। देश बनाउने योजना र संकल्प नभएपछि स्वदेश मै केही गरौँ भन्नेहरु पनि विरक्तिएका छन्।
यसैबीच
रास्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आज बुधवारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गर्नुभएको हो।
६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गते आज देखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख गरिएको छ।

आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सम्वन्धित

अन्य समाचार