भारतले क्यानडाली एक कूटनीतिज्ञलाई भारत छोड्न उर्दी दिएको छ ।क्यानडाले एकजना शिख नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतका एक कूटनीतिज्ञलाईदेश निकाला गरेको २४ घण्टा बित्न नपाउँदै भारतले पनि एकजना क्यानडालीलाई भारत छोड्न भनेको हो ।
क्यानडा सरकारले शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै एक भारतीय कुटनीतिज्ञलाई मंगलबार देश निकाला गरेको थियो । १८ जुनमा निज्जरको गोली हानी हत्या गरिएको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाली गुप्तचरले निज्जरको हत्यामा भारतको संलग्नता रहेको जानकारी दिएका बताएका छन् । भारतीय विदेश मन्त्रालयले उक्त दाबीलाई भने अस्वीकार गर्दै त्यसको बदलामा भारतमा रहेका एक क्यानडाली कूटनीतिज्ञलाई ५ दिन भित्र भारत छोड्न आदेश गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्द्म बागचीले विज्ञप्ति जारी गर्दै क्यानडाली कुटनीतिज्ञलाई भारत छोड्न भनेको बताएका छन् । यो प्रकरणले भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको बताइएको छ ।
भारतका एक कूटनीतिज्ञलाईदेश निकाला गरेको २४ घण्टा बित्न नपाउँदै भारतले पनि एकजना क्यानडालीलाई भारत छोड्न उर्दी ।।
Share
सम्वन्धित