Friday, October 18, 2024

शिवसताक्षीकाे दुधेमा १५ दिने महोत्सव आयोजना हुने

Share

झापाको शिवसताक्षीमा महोत्सवको आयोजना हुने भएको छ । सतासीधाम जेसीजको आयोजनामा भदौ २५ गतेदेखि असोज १० गतेसम्म १५ दिवसीय सतासीधाम जेसीज तीज महोत्सव २०८० आयोजना हुने आयोजक संस्थाकी अध्यक्ष निर्मला प्रधानले बताइन्

महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट स्वीकृति प्राप्त भएको सतासीधाम जेसिजले जनाएको छ । हरितालिका तीजको अवसर पारेर सतासीधाम जेसीजले प्रथम सतासीधाम जेसिज हरितालिका तीज सांस्कृतिक तथा सांगीतिक महोत्सव आयोजना गर्ने भएको हो ।महोत्सवको उदेश्य र तयारीको विषयमा आयोजकले शनिबार दुधेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिने भएको छ ।

संस्कृति संरक्षणसँगै शिवसताक्षी नगरको आर्थिक विकासको लागि महोत्सव कोसेढुङ्गो सावित हुने आयोजक संस्थाका संचार संयोजक कुसल नेपालले बताएका छन् । महोत्सव दुइ सिफ्टमा दिउँसो र अपरान्ह पछि पनि संचालन हुनेछ ।

मेलामा मनोरञ्जनका लागि खेल तमासा पनि रहने छन् ।महोत्सवले शिवसताक्षी नगरको पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याउनेछ । महोत्सवमा सहभागी हुन आउनेले नगरका सताक्षीधाम, दोमुखा, चिल्लागढ, बौद्ध गुम्बा, किरात माङहिम लगायतका धार्मिक तथा पर्यटन स्थलको भ्रमण गर्ने पनि आयोजक संस्थाले अपेक्षा लिएको छ । शिवसताक्षी भित्र र वाहिर गरेर दिनहुँ कम्तिमा २ हजार मानिसले महोत्सवको अवलोकन र मनोरञ्जन गर्ने लक्ष राखिएको छ ।

सल्लाहकार समितिका सदस्य दुर्गा नेम्वाङका अनुसार दुधेमा चार दिन पछि उद्घाटन हुने महोत्सव ऐतिहासिक हुनेछ । उनले महोत्सव सफल बनाउन सवै संग अनुरोध गरेका छन् ।दुधे बजारको पश्चिम बस स्टेण्ड उत्तरको खाली जग्गा क्षेत्रमा महोत्सव आयोजना हुने बताइएको छ ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर ले भव्य समारोहकाबीच महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाकी अध्यक्ष प्रधानले बताइन् ।स्थानीय स्तरका प्रतिभा पहिचान र स्थानीय उत्पादनको बजारीकरण गरी ग्रामीण क्षेत्रको उत्पादनलाई राष्ट्रिय स्तरसम्म चिनाउने महोत्सवको मुख्य लक्ष्य रहेको छ ।

महोत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सस्कृती र खेलकुदको विकासमा योगदान दिने पनि बताइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । आयोजक संस्थाले महोत्सवबाट मनोरन्जन वापतको सेवा शुल्क निर्धारण गरेको छैन ।

सम्वन्धित

अन्य समाचार