झापा, कनकाइ
आज २६ गते शुक्रबार कारितास जापानको आर्थिक सहयोग तथा कनकाई नगरपालिका र कारितास नेपालको आयोजनामा २४ औं अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा कनकाई नगरपालिका वडा नं २ को सभहलमा डेंगु सचेतना तथा सरसफाई कार्यक्रमका सम्पन्न भएको छ । “Green Skills for Youth: Yowards a Sustainable World” भन्ने मुल नाराकासाथ २०२३ को अन्तराष्ट्रिय युवा दिवस विश्वभर १२ अगस्टका दिन विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
वडा अध्यक्ष बलराम राईको अध्यक्ष्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र पोख्रेलले ‘युवाले हरेका कार्य गर्दा त्यसको नकरात्मक पक्षको मात्र पछि नलागि सकरात्मक पक्ष तर्फ अघि बढे समाज रुपान्तरणमा टेवा पुग्नेमा जोड दिनुभयो ।’
कारितास नेपालका परियोजना अधिकृत हिमालय अधिकारीले कार्यक्रममा वडा नं २ लाई १० वटा डस्वीन हस्तातरण गर्दै कनकाई नगरपालिकामा हाल वडा नं २ र ५ मा ‘सुरक्षित बैदेशिक रोजगरको सुनिश्चितता तथा प्रवासीहरुको दिगो स्थानिय पुर्नस्थापना प्रवर्दन’ परियोजना संचालन भैरहेको र सम्पूर्णको साथ सहयोग रहेकाले यसलाई अघिबडाएर जाने प्रतिद्धता जनाउनु भयो ।
वडा अध्यक्ष वलराम राईले मन्तव्यको क्रममा युवा जागे असम्भव केही नभएकाले आफ्नो आफ्नो टोलबाट रचनात्मक भुमिका खिलिदिनुहुन सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा श्वास्थ्य शाखका जनश्वास्थ्य अधिकृत नारायण अधिकारीले डेंगुबारे सचेतनाको सहचिकरण गर्नु भएको थियो ।
विभिन्न युवा क्लव, कृषक समुह, विद्यलय प्रतिनिधि, टोल विकास प्रतिनिधि,आमा समुह गरि १५० जना सहभागी यस कार्यक्रमा युवा अधिकारका नारा सहित र्यालीका साथ मातामन्दीर टोल परिक्रमााका गर्दै डेंगु खोजि गरि नाश गर्दै वडा कार्यलयमा आएर कार्यक्रम समापन गरिएको थियो ।
यसै अवसरमा २७ गते शनिबार कारितास मिसियोको आर्थिक सहयोग कारितास नेपालको आयोजना एवं समाुदायिक प्रहरी साझेदारी, काकरभिट्टाको समन्वयमा परिवर्तन थिएटर काकारभिट्टा द्धारा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखनमा आधारीत कचहरी नाटक ‘सानुको सपना’ मेचीनगर नगरपालिका वडा नं ७ सतिघट्ट चिया बगानमा १२ बजे र इटाभट्टा मदन बस्तीमा २ बजे प्रस्तुत गरिने कारितास नेपालका वरिष्ट सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो । सोही अवसरमा झापा गाउँपालिकमामा पनि आउने सोमबार २९ गते डिल्लीराज मा. वि.मा युवा लक्ष्ति विशेष कार्यक्रम राखिएको जानकारी शिवाकोटीले दिनुभयो ।