झापाको कनकाई नगरपालिकाले जनप्रतिनिधी निर्वाचित भए पश्चात सिमित श्रोत र साधनलाई उपयोग गर्दै विकासका कार्यक्रमहरु गर्दै आई रहेको छ । सो सन्दर्भमा यस नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा दुर्गापुर देखि चम्पापुर जोड्ने जनपथ सडक निर्माणका लागि SJ Forty Builders pvt. Ltd., झापा गाउँपालिकाले ठेक्का ई-विडिङ्ग विधि मार्फत जम्मा ७८० मिटर लम्बाईको सडक निर्माण रकम रु. ८३,४३,२६०।- (अक्षरेपी त्रिरासी लाख त्रिचालिस हजार दुई सय साठ्ठी रुपैया मू.अ.क. र पिएस सहित) मा निर्माण सम्पन्न गरेको थियो । उक्त आयोजना बारे कनकाई नगरपालिकाका कर्मचारी आशिष घिमिरेले जानकारी गराउनु भयो ।
उक्त सडकलाई हालको आर्थिक वर्ष २०८०/०८१ मा निर्माण गर्नका लागि संघीय सरकार मार्फत समपुरक अनुदान तथा यस नगरपालिकाको समपुरक कार्यविधि बमोजिम ५०/५० प्रतिशत लागत साझेदारीमा निर्माण कार्य अघि बढाउन मिति २०८०/०७/१६ गते विद्युतिय बोलपत्र माध्यमबाट ठेक्का आह्वान गरी SJ Forty Builders pvt. Ltd., झापा गाउँपालिकाले ठेक्का पुनः उक्त ठेक्का प्राप्त गरेको यस नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष श्री भिष्मभूषण सिटौलाले जानकारी गराउनु भयो ।
यस आर्थिक वर्षमा रकम रु. १,११,३५,९८३.३७ (अक्षरेपी एक करोड एघार लाख पैतिस हजार नौ सय त्रिरासी रुपैया सैतिस पैसा मू.अ.क. तथा पिएस सहित) मा जम्मा १०६४ मिटर सडक कालोपत्रे गर्ने गरी मिति २०८०/०९/२५ गते सम्झौता भई कार्य अघि बढिरहेको छ । उक्त सडकले यस नगरपालिका तथा अन्तरपालिका जोड्ने सडक भएकाले सवारी साधनको बाक्लो हिडडुलले स्थानीयलाई धुलोधुवा लगायत अन्य कुराको समस्या आएको भनी जनगुनासो प्राप्त हुने गरेकाले उक्त सडकलाई यस नगरपालिकाको महत्वपुर्ण सडकको रुपमा मानि मैले संघीय सरकार तथा प्रदेश सरकारमा पत्र तथा व्यक्तिगत रुपमा कुराकानी गरी उक्त सडकले भेट्ने क्षेत्रलाई व्यवस्थित रुपमा कालोपत्रे गर्ने भनी स्थानीय तहको निर्वाचनमा भोट माग्ने क्रममा पूर्ण वाचा गरेकाले उक्त सडकलाई हाल आएर संघीय सरकार मार्फत प्राप्त भएको बजेटमा यस कनकाई नगरपालिकाको समेत बजेट समावेश गरी १०६४ मिटर लम्बाईको कालोपत्रे गर्ने भनी कार्यपालिका मार्फत स्विकृत गरी आयोजनाको कार्य अगि बढाईएको र उक्त सडकले विगत दिईएको सास्तिबाट स्थानीय उपभोक्तालाई मुक्ति हुने कुरामा निश्चिन्त रहेको कुरा कनकाई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो ।