Friday, October 18, 2024

बारामा दिनदहाडै गोली हानेर प्रधानाध्यापकको हत्या

Share

बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका एक शिक्षकको ज्यान गएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।

गोली लागे लगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले उनलाई मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । अहिले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कलैया उपमहानगरपालिकाका मेयर विनोद शाह लगायतको टोली पनि अस्पतालमा पुगेको छ । उनको शव अहिले अस्पतालमै राखिएको छ।

सम्वन्धित

अन्य समाचार