Author: चन्द्र बस्नेत

११ चैत २०८कनकाईआज होलि अर्थात फागु पर्व, काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो…

Read More

२१ फागुन २०८० कनकाईझापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको सतासी बहुद्देश्य सहकारी संस्था लि.को २७ औं वार्षिक उत्सव सम्पन्न भएको छ । कनकाई–३ सुरुङ्गास्थित संस्थाको डिपार्टमेन्ट स्टोर परिसरमा सामाजिक व्यक्तित्व, उत्कृष्ट सदस्य, कर्मचारी, सेवा केन्द्र गरि करिव दुई दर्जन बढीलाई सम्मान गरिएको छ।त्यस्तै दुई संस्थालाई खाद्यान्न सहयोग लगायतका कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले आम नागरिकको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पछिल्लो समय सहकारी क्षेत्रमा समस्या र विकृत्ति देखिएको भन्दै त्यसको निराकरणमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।…

Read More

१९ फागुन २०८० कनकाई झापाको कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ्ग अङ्ग्रेजी माध्यमिक बिद्यालयमा स्काउटको वान नाईट क्याम्प फायरिङ सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख आशा शर्मा शिवाकोटीले शुक्रबार साँझ उद्घाटन गर्नुभएको हो । बिद्यालयमा क्याम्प फायरिङ पुर्व स्काउट दलको मेमोरी रेस , विना भाडा खाना पकाउने , वाटर ब्यालेन्सिङ्ग , नटिङ्ग जस्ता विधामा प्रतियोगिता सञ्चालन गरिएको थियोे । तेस्तै बिद्यार्थीहरु मङ्की कर्लिङ्ग , टच द तार्गेट , टायर टनल , टार्जन जम्प , कर्लिङ्ग , बिम ब्याङ्मिङ्ग , ब्यालेन्सिङ्ग वक जस्ता कृयाकलापमा सहभागी भएका थिए…

Read More

१६ फागुन २०८० कनकाई कनकाई माध्यमिक विद्यालयका करिब २हजार ५ सय विद्यार्थी र सय वढी शिक्षकको एकसाथ दन्त तथा आँखाको स्वास्थ्य जाँच र उपचार र औषधि वितरण गरिने भएको छ । झापा क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी साँबा लिम्बुले आफ्नो पहलकदमीमा यस विद्यालयका सबै शिक्षक समेतलाई लक्षित गरेर यसप्रकारको कार्यक्रम सञ्चालन गर्न लाग्नुभएको हो । स्थानीय शहिद डिल्ली गौतम फाउण्डेशन र संकल्प प्रतिष्ठानको आयोजना कान्तिपुर डेन्टल कलेज तथा टिचिङ्ग अस्पतालको प्राविधिक सहयोगमा भोली, बिहिबार र पर्सी शुक्रवार कनकाई माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई यसप्रकारको स्वास्थ्य शिविरको आयोजना पहिलो पटक राखिएको हो । राजधानी बाहिर यसरी ठुलो सङ्ख्याका विद्यार्थीहरुका लागि राखिएको…

Read More

१५ फागुन, २०८०,कनकाईबालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान सफल पार्न झापाको कनकाई नगरपालिका लागि परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका झापा जिल्लासहित ५१ वटा जिल्लामा खोप अभियान जारी छ । उक्त अभियान सफल पार्न नगरपालिका लागि परेको हो । केहीदिन अघिबाट खोप अभियान सफल पार्न नौ वटै वडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको नगरले आज मंगलबार पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो । आज वडा नं. १ स्थित नगरपालिकाको सभाहलमा…

Read More

१३ फागुन २०८० कनकाईझापाको कनकाई नगरपालिका ३स्थित सुरुंगामा पहिलो पटक भोलिबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पुर्ण तयारी पूरा भएको छ।रोटरी क्लब अफ कनकाई सुरुंगाकोे आयोजनामा भोलि सोमबार देखि १६ गते बुधबार सम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको उद्घाटन बरिस्ठ अभिनेता तथा गीतकार नेपाली चलचित्र क्षेत्रका भीष्म पिता नीर शाहले गर्ने पक्का भएको छ। कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष कडेलले बताउनुभयो । कनकाई नगरपालिका–३ स्थित पशुपति…

Read More

१० फागुन २०८० कनकाई •चन्द्र बस्नेत बुधबारबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको कनकाई नगरपालिकामा स्वागत गर्नुका साथै ध्यानाकर्षण तथा सुझाव गराईएको छ। हात्ती प्रभावित जिल्लाहरूको २ सय ४३ किलोमिटरको पदयात्रामा निस्कनुभएका मुख्य मन्त्री कार्की , पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती ,पर्यटन वन तथा वातावरण सचिव विशाल घिमिरेलाई कनकाईको उत्तरी भेगमा वर्षेनी हात्तीका कारण जन-धनको क्षति हुने गरेको भन्दै यसलाई न्यूनीकरण र रोकथामकालागि गरिएको मुख्य मन्त्रीको यो नौलो प्रयासको कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत सहित ध्यानाकर्षण र सुझाव पनि दिनुभएको छ। कार्यक्रममा नगर प्रमुख पोखरेलले मुख्य मन्त्री सहित पदयात्रामा संगै हिड्दै…

Read More

८ फागुन २०८० कनकाई छैटौँ संस्करणको झापा गोल्ड कप सफल पार्नझापाका राजनीतिक दलहरु एकजुट भएका छ्न। झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने प्रतिवद्वता जनाएका हुन। छलफलका क्रममा एमाले झापाका कार्यबहाक अध्यक्ष प्रेम गिरीले डोमालाल राजवंशी रंगशालाको दिगो व्यवस्थापनका लागि सर्वपक्षीय ढंगले अघि बढ्न आह्वान पनि गर्नुभयो । त्यस्तै नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईंले प्रतियोगिताको दिगोपना, सबैको सहभागिता र अपनत्वमा जोड दिनुभयो । यता माओवादी केन्द्रका संयोजक राजु आचार्यले गोल्ड कप राम्रो र हाम्रो बनाउँदै आगामी संस्करणहरु थप रचनात्मक हुने विश्वास व्यक्त…

Read More

८ फागुन २०८० कनकाईझापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । एक हप्ता अघिबाट विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम गर्दै सोमबार अन्तिम दिन १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा आयोजित वार्षिकोउत्सवमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथी पोखरेलले शिक्षालाई नगरले प्राथमिकतामा राखी कार्य गर्दै आएको सुनाउनु भएको थियोे ।नगरले कक्षा १० सम्म नै पाठ्यक्रम निर्माण देखी गरिब तथा अति विपन्नलाई छात्रवृत्तिको व्यवस्था गरेको सुनाउनु भएको थियोे ।उहाँले पछिल्लो समय शिक्षकहरुलाई नै समय…

Read More

७ फागुन २०८० कनकाई झापाको कनकाई नगरपालिकामा निरन्तर स्वास्थ्य शिविर संचालन हुने गरेका छ्न। हरेक वडामा जेष्ठ नागरिक लक्षित निरन्तर शिविर संचालन भईरहेका हुन।नगर तथा वडाको आर्थिक सहयोगमा प्रतेक वडामा निरन्तर शिविरहरु चलिरहेका छ्न।कनकाईका प्रतेक वड -वडामा विभिन्न भिन्न-भिन्नै स्वास्थ्य शिविरहरु संचालन भईरहेका हुन। शिविरमा आँखाका बिरामी बढ्दै गईरहेको छ। गत माघ २१ गते वडा न २ र १ गते जामुनबारी सामुदायिक वनमा भएको निःशुल्क आँखा शिविरमा २ सय जनाको परिक्षण गराउदा १२ जनालाई शल्यक्रिया गर्नुपर्ने देखियो।यस्तै आइतबार ७ न वडामा भएको निःशुल्क आँखा शिविरमा १सय७८ जनाले सेवा लिएका छन् । जसमा १६ जनाको शल्यक्रिया गर्नुपर्ने भयो। यसरी हेर्दा कनकाईमा…

Read More