Friday, February 7, 2025

फक्ताङलुङ एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव सम्पन्न

Share


८ फागुन २०८० कनकाई
झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । एक हप्ता अघिबाट विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम गर्दै सोमबार अन्तिम दिन १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा आयोजित वार्षिकोउत्सवमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पोखरेलले शिक्षालाई नगरले प्राथमिकतामा राखी कार्य गर्दै आएको सुनाउनु भएको थियोे ।नगरले कक्षा १० सम्म नै पाठ्यक्रम निर्माण देखी गरिब तथा अति विपन्नलाई छात्रवृत्तिको व्यवस्था गरेको सुनाउनु भएको थियोे ।उहाँले पछिल्लो समय शिक्षकहरुलाई नै समय -समयमा तालिम प्रदान गरि नयाँ प्रवृदी बाट अध्यापन हुन थालेसगै नगरको योजना अनुसार नै सामुदायिक विद्यालयमा विध्यार्थी बढ्दै गई जान थालेको सुनाउनु भएको थियो ।


उहाँले पछिल्लो समय नगरवासिका लागि आफुले गरेका राम्रा कामको चर्चा न आएपनि हरेक कुराको गलत प्रचार गरेर बदनाम गर्ने गरेको गुनासो पोख्नुभयो। नगरप्रमुख पोखरेलले आफू सधैं नगरबासीको हितकै लागि लागिपर्ने दोहोर्‍याउनु भएको थियोे ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको नृत्य, वार्षिकोत्सवमा फक्ताङलुङ एजुकेसन फाउण्डेसन आइडल सिजन वानको ग्रान्ड फिनाले पनि सम्पन्न भएको छ।

गायन तर्फको फिनालेमा विद्यार्थी शिखा सेन्चुरी प्रथम, नामसाङ चेम्जोङ दोस्रो र प्रवेश संग्रौला तेस्रो बनेका छन् । ग्रान्ड फिनालेमा न्युसन राई र दीपक रायमाझीले निर्णयको भूमिका निर्वाह गर्नुभएको थियोे ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी इना राई, हिमाल शिवाकोटी, उत्कृष्ट शिक्षक दुर्गा लुँइटेल, कुसुम भुजेल, उत्कृष्ट अभिभावक खगेन्द्र योङहाङ, विमला न्यौपाने, अमृत विश्वकर्मा, बविता उप्रेती, चन्द्रकला श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरी विद्यालयका कर्मचारी खिना गौतमलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय सदस्य सञ्जीव राई, कनकाई ७ का वडाध्यक्ष भिष्मभूषण सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

प्रधानाध्यापक नेम्वाङद्वारा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियोे भने स्वागत विद्यार्थी जिज्ञासा दाहालले गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम विद्यालयका साहयक प्रधानाध्यापक लक्ष्मी अधिकारीले सञ्चालन गर्नुभएको थियोे भने सांगीतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरू रिजन तिम्सिना र सुवास पौडेलद्व्यले गर्नुभएको थियोे ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरू द्वारा तयार पारिएको चित्रकला र रोबोटिक्स (विज्ञान प्रर्दशनी) समेत देकाएको थियो ।

फक्तालुङले विद्यार्थीहरूलाई समय समयमा ध्यान, नृत्य, गायन, चित्रकला, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापहरूपनि गराउँदै आएको प्रधानाध्यापक नेम्वाङले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार