७ फागुन २०८० कनकाई
झापाको कनकाई नगरपालिकामा निरन्तर स्वास्थ्य शिविर संचालन हुने गरेका छ्न। हरेक वडामा जेष्ठ नागरिक लक्षित निरन्तर शिविर संचालन भईरहेका हुन।नगर तथा वडाको आर्थिक सहयोगमा प्रतेक वडामा निरन्तर शिविरहरु चलिरहेका छ्न।
कनकाईका प्रतेक वड -वडामा विभिन्न भिन्न-भिन्नै स्वास्थ्य शिविरहरु संचालन भईरहेका हुन। शिविरमा आँखाका बिरामी बढ्दै गईरहेको छ।
गत माघ २१ गते वडा न २ र १ गते जामुनबारी सामुदायिक वनमा भएको निःशुल्क आँखा शिविरमा २ सय जनाको परिक्षण गराउदा १२ जनालाई शल्यक्रिया गर्नुपर्ने देखियो।
यस्तै आइतबार ७ न वडामा भएको निःशुल्क आँखा शिविरमा १सय७८ जनाले सेवा लिएका छन् । जसमा १६ जनाको शल्यक्रिया गर्नुपर्ने भयो। यसरी हेर्दा कनकाईमा आँखाको समस्या झन बढदै गएको पाईएको छ।
यता कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जेष्ठ नागरिकहरुमा धेरै आँखाको समस्या भएकाले जेष्ठ नागरिक संघ सगको समन्वयमा नगरले जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै वडा वडामा विभिन्न शिविर संचालन गर्दै आईरहेको जानकारी गराउनुभयो।
ज्येष्ठ नागरिक संघ कनकाईको आयोजना र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा उनीहरुले सेवा लिएका हुन् ।
कूल १सय७८ जनाले सेवा लिएकोमा १६ जनालाई शल्यक्रियाका लागि सिफारिस र ४८ जनालाई चस्मा वितरण गरिएको जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष सम्बुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
उहाँले विगत भन्दा आँखा शिविरमा शल्यक्रिया गर्ने बिरामीको संख्या बढ्दै गएकाले स्वास्थ्य शिविरलाई अझ प्राथमिकतामा राखी शिविर संचालन गर्ने बताउनुभयो ।
जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पोखरेलका अनुसार आगामी चैत १ गते कनकाई ५ स्थित भगवती प्राथमिक विध्यालयमा आँखा शिविर संचालन हुने जानकारी पनि गराउनुभयो।
कनकाई–७ ज्येष्ठ नागरिक चौतारी भवन कालिमुडामा भएको आँखा शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमा पोखरेल रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख आशा शर्मा शिवाकोटी, अतिथि कनकाई–७ का वडाध्यक्ष भीष्म भूषण सिटौला वडा न १ का अध्यक्ष शुशिलकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।