Friday, October 18, 2024

साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुर्गापुरद्वारा ११ सम्मानित

Share

सुरुङ्गा, मंसिर २४ ।•चन्द्र बस्नेत

साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुर्गापुरले ११ जना शेयर सदस्यलाई सम्मान गरेको छ ।संस्थाको सभाहलमा आयोजित संस्थाको ३१ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा असल ऋणीका रूपमा कनकाई ८ कि सृजना कडरीया , उत्कृष्ट बचतकर्ताका रूपमा कनकाई ७ का युक्तप्रसाद घिमिरे , उत्कृष्ट विध्यार्थीका रूपमा शेयर सदस्य गोमा गजुरेल घिमिरेकि छोरी रितिका घिमिरेलाई सम्मान गरिएको थियो ।त्यसै गरी, संस्थाका पुर्व संचालक समिती र लेखा सुपरिवेक्षण समितिमा रहि महत्त्वपूर्ण योगदान दिने गङ्गा प्रसाद खरेल , तारा थपलिया , भक्तिप्रसाद संग्रौला, भिस्मभुषण सिटौला लाई सम्मान गरिएको थियो।

सम्मान क्रममा वर्ष भरिमा आफ्नो सहकारी पशलबाट सबैभन्दा धेरै सामाग्री खरिद गर्ने ४ जना उपभोक्तामा कर्मचारी दिपा सुब्बा ,संस्थाका अध्यक्ष गोपाल उप्रेती ,संस्थाका व्यवस्थापक बिष्णु प्रसाद चुडाल र बलमाया तिम्सिनालाई सम्मान गरिएको हो ।कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष गोपाल उप्रेतीले आ.व. २०७९÷०८० को समीक्षा र आ.व. २०८०÷०८१ को वार्षिक कार्यक्रम तथा कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

सभामा लेखा समितिका संयोजक भरतकुमार थपलियाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियोे । वार्षिक प्रतिवेदन, आन्तरिक लेखा परीक्षण प्रतिवेदन र स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको व्यवस्थापक बिष्णु प्रसाद चुडालले जानकारी दिनुभयो । २०२८ सालमा साझाको नाममा दर्ता भएको यस संस्था २०४८ सालमा सहकारी संस्था लिमिटेड दुर्गापुर रहेकोमा २८ औं वार्षिक साधारणबाट बहुउद्देश्यीय सहकारी संस्था रहन पुगेको अध्यक्ष उप्रेतीले जानकारी गराउनुभयो।साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा हाल २ सय ७० महिलासहित ६ सय ७९ शेयर सदस्य रहेका छन् ।

हाल संस्थाको कुल चुक्ता शेयर पूँजी १ करोड ५७ लाख १६ हजार ७ सय रुपैयाँ रहेको छ भने कुल ऋण लगानी ६७ करोड ११ लाख ५ सय ८८ रूपैयाँ रहेको लेखा समितिका संयोजक थपलियाले जानकारी दिनुभयो ।कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य र कनकाई वडा न ८ का अध्यक्ष लिलाबहदुर कटुवालको विशेष आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले यस सहकारीको माध्यमबाट आम नगरबासी किसान तथा उपभोक्तामा ठूलो सहयोग पुगेको र आगामी दिनमा पनि किसानहरुलाई सहकारीको माध्यमबाट मल बिउबिजन उपलब्ध गराउन स्थानीय तहलेपनि सहजीकरण गर्ने प्रतिवध्ता पनि व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समय आम नागरिकहरुमा सहकारी प्रती विश्वसनियता कम हुँदै गएकाले स्थानीय ठाउँका अन्य सहकारीसग सहकार्य गरि एकीकृत हुँदा अझ राम्रो भएर जाने धारणा पनिराख्नुभएको थियोेकार्यक्रममा भवानी खानेपानी संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेती , एक्सल बिकास बैंक दुर्गापुरका प्रमुख रमेश घिमिरे , नेपाली काग्रेस वडान ७ का सभापति ईश्वरीप्रसाद शिवाकोटी ,सम्मानित व्यक्ति भक्तिप्रसाद संग्रौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।संस्थाका उपाध्यक्ष टिकाप्रसाद पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन व्यवस्थापक चुडालले गर्नुभएको थियोे ।

यसैबीच , संस्था संचालक समितिको कार्य अवधि यसैवर्ष सकिनेभएकाले निर्वाचनको तयारी गरिएको छ ।जसका लागी चन्द्रप्रसाद चुडालको संयोजकत्त्वमा शम्बुप्रसाद पोखरेल , दुर्गाबहादुर कटुवाल रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरि आगामी पौष ७ गते शनिबार निर्वाचन गरिने पक्का भएको लेखा समितिका सदस्य अमृत लिम्बुले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार