Friday, October 18, 2024

झापाको कनकाईमा लम्पी स्किन रोग (Skin Disease) बिरुद्धको खोप अभियान सुरु

Share

•चन्द्रबस्नेत

१४ असोज कनकाई,/ झापाको कनकाई नगरपालिकामा आज बाट लम्पी स्किन रोग( Lumpy Skin Disease-LSD) बिरुद्धको खोप अभियान सुरु भएको छ।

कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य साखाको संयोजनमा लम्पी स्किन रोग(ीगmउथ क्पष्ल म्ष्कभबकभ – ीक्म्) बिरुद्धको खोप अभियान सुरु भएको हो।आजदेखि नगरका सबै वड़ासम्म नै ब्यापक रुपमा लम्पी स्किन रोग(ीगmउथ क्पष्ल म्ष्कभबकभ – ीक्म्) बिरुद्धको खोप अभियान संचालन हुने कार्यवाहक नगर प्रमुख शुशिलकुमार पोखरेलले जानकारी दिनुभयो ।

आज पहिलो दिन कनकाई वडा न ५ बाट ३ टोली परिचालित गरि अभियान आगामी १५ दिन भित्रमा सबै वडामा सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

उहाँले बढी भन्दा बढी नगरबासी पशु पालक कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरवासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएको बताउनुभएको छ।नगरभरी करिव ७ हजार ५ सय बढी पशु चौपायालाई खोप लगाउने लक्ष्य रहेकोे नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत कुल बहादुर गुरुङको भनाई छ

।कनकाई वडा न; ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राईको अध्यक्षतामा भएको अभियानको उद्घाटनमा नगर पशु स्वास्थ्य साखा प्रमुख तेज बहादुर पौडेल ,नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत गुरुङ लगायतले रोगको बारेमा जानकारी गराउनुभएको थियोे ।

कार्यक्रमलाई नगर प्रवक्ता राईले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका आम नगरवासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउँने उदेश्यका साथ यो अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभएको छ।

लम्पी स्किन रोग(ीगmउथ क्पष्ल म्ष्कभबकभ – ीक्म्) बिरुद्धको खोप लगाउने पशु चौपायामा जन्मिएको ३ महिना माथि पुगेका ,त्यस्तै ब्याएको तथा गर्भवती पशुका लागी सुरक्षित हुनुका साथै उक्त रोग लागेर निको भएर १ बर्ष पूरा भइसकेको पशुलाई मात्रै लगाउन मिल्ने नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत गुरुङको भनाई छ।

कृषकहरुको पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट भएको कार्यक्रमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको स्थानीय पशु पालक कृषकहरुको भनाई छ।

सम्वन्धित

अन्य समाचार