Friday, November 8, 2024

लागुऔषध सचेतना बढाउदै ईलाका प्रहरी सुरुङ्गा

Share

पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागुऔषध प्रयोगकर्ता लाई घटाउन इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्कुल स्कुलमा सचेतना अभियानलाई तीव्रता दिएको छ ।


यसैक्रममा कनकाई नगरपालिका वडा न.१ स्थित संस्थागत विद्यालय नवयुग शिक्षा निकेतन अंग्रेजी माध्यमिक विद्यालयमा एकदिवशीय लागुऔषध र साईबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गा का प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविणकुमार भट्टराईले विद्यालयका कक्षा ,९ र १० का १०० विद्यार्थीलाई लागुऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागुऔषधबाट मानिसमा पर्ने असर, साईबर अपराध यसको प्रकार र सजाय लगायातका वारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा नवयुग शिक्षा निकेतन अंग्रेजी माविका पिन्सिपल तथा शिक्षकहरू लगायातको आतिथ्यता रहेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका अन्य विद्यालयहरुमा समेत यसप्रकारका प्रशिक्षणहरु नियमित रुपमा गर्दै आइरहेको छ ।

सम्वन्धित

अन्य समाचार