Friday, October 18, 2024

प्यारागन एकाडेमीका पिन्सिपल डिआर सुवेदीको भोली अन्त्येष्टि गरिने

Share

लीलाराज झापाली(कनकाई अनलाइन)

झापा कनकाई नगरपालिकास्थित प्यारागन एकाडेमीका पिन्सिपल तथा लायन्स क्लव अफ डिस्ट्रिक ३२५ सी का एडभाइजर डिआर सुवेदीको भोली बिहिवार साढे १० बजे अन्तेष्टि गरिने भएको छ ।

सुवेदीको गत सोमवार साँझ ७ बजेर २० मिनेटमा कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा सवारी दुर्घटनामा परि निधन भएको थियो ।उहाँको निधनपछि श्रीमती मिना आज बुधवार जापान बाट साँझ मात्रै घर आइपुग्ने र बिहिवार भोली बिहान साढे १० बजे कनकाई माईमा अन्तिम सस्कार गरिने लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाले बताउँनुभयो ।

हाल डिआर सुवेदीको शव विएण्डी अस्पताल बिर्तामोडको मर्करी रुममा राखिएको छ । सुवेदीको शवलाई भोली बिहिवार विहान १० बजेदेखि आधा घण्टाका लागि उहाँको निजि निवास कनकाई ४ इलुवावारीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ ।

लायन्सकर्मी, शिक्षासेवी, आफन्तजन, छरछिमेकी लगायातका लागि उक्त आधा घण्टाका लागि श्रद्धाञ्जलिका लागि राखिने समेत परिवारीक स्रोतले जनाएको छ ।५४ बर्षिय देवराज डिआर सुवेदीको छोरा निर्देश अध्यानका लागि कामण्डौमा रहेका थिए ।

सोमवार साँझ लक्ष्मीपुरमा बोलेरो गाडी र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सवार झापा कनकाई नगरपालिका ३ निवासी ५४ बर्षिय देवराज सुवेदीको मृत्यु भएको थियो ।

सोमवार साँझ ७ बजेर २० मिनेटको समयमा पुर्वबाट पश्चिमबाट आउदै गरेको प्रदेश १—०१—०१३ प १४१७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जादै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो जिपले ठक्कर दिँदा मोटरसाईकलमा सवार सुवेदी सख्त घाईते हुनुभएको थियो ।

उहाँको उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ निधन भएको अस्पताल स्रोतले जनाएको छ । सुवेदी बिर्तामोडबाट घर सुरुङ्गातर्फ आउदै गरेको हुनुहुथ्थियो । सुवेदी प्यारागन एकाडेमीका पिन्सिपल तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष समेत रहनुभएको थियो ।

ठक्कर दिने गाडी र गाडीचालक पाचथर जिल्ला हिलिहाङ गाउँपालिका ७ का होमप्रसाद सेन्चुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्वन्धित

अन्य समाचार