शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम आज समापन भएको छ ।
तालिम गएको ८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम समापन भएको हो ।तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले तालिम लिइएका सहभागीहरुलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिए ।
उनले महिलाहरुले समूह बनाई हर्पिक, फिनेल लगायतका सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गर्न समेत आग्रह गरेका छन् ।तालिम आयोजक संस्था सम्पन सवल नेपालकी अध्यक्ष लिलादेवी शिवलालले आफुले विभिन्न क्षेत्रहरुमा तालिम गराएर धेरै महिलाहरुलाई आय आर्जन गर्न सक्षम बनाएको जानकारी दिइन् ।
उनले शिवसताक्षी नगरपालिकामा तालिम मात्र होइन शिवसताक्षी ९ निवासी डिल्ली माया सुवेदी (धताल)की छोरी रस्मिता धिताललाई कक्षा १० सम्म पढाइदिने जिम्मा लिएकी छन् । विपन्न परिवार र आमा डिल्ली माया पनि विरामी अवस्थामा रहेकीले छोरी रस्मिकालाई पढाइदिने जिम्मा लिएको अध्यक्ष शिलवालले जानकारी दिइन् ।
रस्मिका श्री भगवती मावि व्याङ्गडाँडामा पढ्छिन् । उनको पढाईको लागि आवश्यक खर्च दिने शिलवालले बताइन् ।त्यस्तै तालिम समापनका क्रममा बोल्दै वडाध्यक्ष डिल्लीलाल फेम्बुले महिलाहरुले तालिममा सिकेको कुरालाई व्यवसायिक बनाउन वडाबाट १ लाख सम्म बजेटको व्यवस्था गरिदिने घोषणा गरे ।
तपाईहरु सिकेको सिपबाट उद्यमी बन्छु भनेर आउहोस् म कामको थालनी गरिदिन्छु । उनले भने, यहाँ तालिम लिएका महिलाहरुबाट छनोट गरी वडाले कामको फिनेल, हर्पिक, साबुन बनाउनका लागि सुरुवात गरिदिन्छ ।तालिममा वडा नं. ९ का ३५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।
तालिमको सहजीकरण रोहिणी प्रसाद बरालले गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाकी देविना पराजुली लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।