Friday, October 18, 2024

नक्कली शरणार्थी प्रकरणमा आईजीपीसमेत मुछिएपछि स्वर्णिमले भने- कानूनको हात लामो हुन्छ

Share

काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका प्रमुख नै मुछिएपछि सांसद स्वर्णिम वाग्लेले कानूनको हातबाट कोही पनि उम्कन नसक्ने बताएका छन् ।बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वाग्लेले नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदीग्धको सूचीमा प्रहरी प्रमुख पनि थपिनु दु:खद भएको बताए ।‘नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदीग्धको सूचीमा प्रहरी प्रमुख पनि थपिएको दु:खद आरोप छ। कानुनको हात लामो हुन्छ । कोही भाग्न भाग्न सक्दैनन्। दण्डहीनताको यो निकृष्ट चुरिफुरी, यो नाटक कति लम्बिन्छ हामी हेर्नेछौँ,’ उनले भने।

सम्वन्धित

अन्य समाचार