झापा: झापाको शिवसताक्षी नगरपालिकाले फागुन १५ गते मंगलबार स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै स्थानीय पर्व विदा दिएको जनाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जारी गरेको सूचना अनुसार बिहीबार बसेको कार्यपालिका बैठकबाट माझी समुदायको कोशी पूजा (लदी)को अवसरमा स्थानीय पर्व विदा दिएको हो ।
सो दिन नगरपालिका अन्तर्गतको कार्यापालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने सो सूचनामा उल्लेख गरेको छ ।
![](https://i0.wp.com/palikakhabar.saviskarcdn.net/media/photos/%E0%A5%A7_QJdmI8T.jpg?ssl=1)