१० चैत २०८०
कनकाई।
नेपाल स्वणकार समाज झापाले फागु अर्थात होली मिलन कार्यक्रमको आयोजना गर्दै दर्जन बढीलाई सम्मान गरेको छ।

फागु अर्थात होली पर्वको पुर्व सन्ध्यामा शनिबार बिर्तामोड ४ स्थित आदर्श ब्याङ्ब्यकुटमा आयोजित कार्यक्रममा उच्च शिक्षामा अध्ययनरत जिल्ला स्थित सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियोे ।यसरी सम्मानित हुनेहरुमा नेहा साह ( धुलाबारी )श्रवण कुमार सुनार ( भद्रपुर)शन्तोश साह ( बिर्तामोड ) र गौरी साह ( भद्रपुर)लाई सम्मान गरिएको थियोे ।
त्यसैगरी समितिमा रहि उत्कृष्ट काम गर्ने अन्य सातजनालाई पनि सम्मानित गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा दिननाथ प्रसाद साह, प्रभु सुनार, गङ्गाप्रसाद साह(सुनार),मणि साह,गौतम साह,मदन साह र आरती देवी साहलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष अनिलकुमार साहको सभापतित्त्वमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथ संग्रौलाले फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन आग्रह गर्दै आज आयोजित कार्यक्रमको सबैले सिको गर्दै सब्य तरिकाले पर्व मनाउन आग्रह गर्नुभएको थियो ।

फरक प्रसङ्गमा बोल्दै प्रमुख अतिथ संग्रौलाले भवन निर्माणका लागि जग्गाको प्रक्रिया अघि बढाएकाले नगरको तर्फबाट भवन निर्माणमा सहयोग गर्ने प्रतिवध्वता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा औचित्यमाथी प्रकाश पार्दै सस्थापक सचीव असोककुमार साहले सात वर्ष अघि स्थापना भएको समाजले हरेक पर्व तथा उत्सव मनाउदै आएको र पछिल्लो पीडिलाई पनि सहि सस्कार पुस्तान्तरण गर्नकै लागि होलिपर्व आयोजना गरेको स्पष्ट पार्नुभएको थियोे ।

कार्यक्रममा बिर्तामोड वडा न.३ का अध्यक्ष मदन बुढाथोकी ,वडा न. ४ का अध्यक्ष राहुल शर्मा, वडा न ५ का अध्यक्ष रोहित प्रसाईं , बिर्तामोड उध्योग बाणिज संघका अध्यक्ष राजु न्यौपाने ,बिर्तामोड छ्ट सेवा समाज महिला अध्यक्ष हेमलता चौधरी , समाजका भद्रपुर अध्यक्ष राजु साह, धुलाबारी अध्यक्ष मनिस साह, पुर्व अध्यक्ष जयकुमार श्रार्फ, दिनेश शर्मा, जयप्रकाश साह,कृष्ण श्रार्फ, विजय श्रार्फ,असोक साह सुनसरी महासचिव उमेश सहनी लगायतले शुभकामना मन्त्त्वय राख्नुभएको थियो । कार्यक्रममा दर्जन बढी होली विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो । श्रवण कुमार साहले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव किसोनकुमार सहनीले गर्नुभएको थियो ।यसैबीच
फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय झापाले अपिल गरेको छ ।प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन आग्रह गरेको छ ।

त्यस्तै बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेलगायत उच्छृङ्खलअवाञ्छित कार्यहरू प्रचलित कानूनविपरीत भएकोले नगर्न सूचनामा उल्लेख छ । यस्ता कराय गरेको पाइए कारबाही गर्ने झापा प्रशासनले चेतावनी दिएको छ । होलीलाई सभ्य तरिकाले मनाउन र अप्रिय घटना हुन नदिन सार्वजनिक सूचना जारी गरिएको जनाएको छ। चैत ११ गते आइतबार पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।
।