Sunday, January 19, 2025

नाबालिका करणी अभियोगमा बिर्तामोडका पूर्व मेयर शिवाकोटी पक्राउ

Share

नाबालिकालाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । शिवाकोटीमाथि आफ्नै घरमा काम गर्ने नाबालिकालाई करणी गरेको आरोपको उजुरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा परेको छ ।

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यलय अनारमनीले पक्राउ गरेको जनाएको छ । उनीमाथि सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार