Sunday, November 3, 2024

दमकको होटलमा लगेर जबरजस्ती गरेको अभियोगमा…

Share

दमक, ५ भदौ । एक २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राई रहेका छन् ।

राईले ती महिलालाई ललाईफकाई गत साउन १८ गते दमक नगरपालिका–८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । अनलाइन झापा बाट

सम्वन्धित

अन्य समाचार