Saturday, November 9, 2024

झापा गोल कप सफल पार्न निरन्तर छ्लफल

Share

६ फागुन २०८० झापा
आसन्न छैटौँ संस्करणको झापा गोल्ड कप सफल पार्न छलफललाई तिव्रता दिएको छ ।
केहिदिन अघि शीर्ष नेताहरू सग छलफल गरेको गोलकप समितिले आज बिर्तामोड खेलकुद विकास समितिसँग पनि छलफल गरेको छ।

गोल्ड कपको सचिवालय अतिथि सदनमा आज भएको छलफलमा प्रतियोगितालाई भव्य र सभ्य बनाउने, रंगशाला स्तरोन्नति गर्ने र खेलाडी प्रवर्धन गर्ने सहमति भएको गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै, बिर्तामोड नगरपालिका, नगर खेलकुद विकास समिति तथा गोल्ड कप सबैले पहल गरेर डोमालाल राजवंशी रंगशालाको संरक्षणमा लागिपर्ने छलफलले निर्णय गरेको छ ।

छलफलमा गोल्ड कपका तर्फबाट अध्यक्ष बस्नेत, उपाध्यक्ष सुवास भट्टराई, महासचिव गजेन्द्रबहादुर पौडेल, सदस्य किरण थापा, अर्जुन चुडाल, सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको सहभागिता रहेको थियो ।

त्यस्तै, नगर खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष विकास गिरी, उपाध्यक्ष सन्तोष गुरुङ, सचिव विसन लिम्बू, सदस्यहरु विशाल अग्रवाल, गणेश कटवाल, बागधन राईको सहभागिता रहेको थियो ।
आगामी फागुन १९ गतेदेखि हुने दर्शकको सर्वाधिक उपस्थिति रहने यो प्रतियोगिताको छैटौँ संस्करणको मुख्य प्रायोजक यती ब्रुअरीको उत्पादन अर्ना रहेको बताएको छ।

छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्ने गोल्डकपका सचिवालय सदस्य तथा सूचना तथा संचार संयोजक पत्रकार हिमाल खरेलले जानकारी दिनुभयो । गोल्डकप सम्पन्न गर्न करिब एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।
टिमहरु निश्चित भएपछि केही दिनमै खेलतालिका सार्वजनिक गरिने गोल्डकपका सचिवालय सदस्य तथा सूचना तथा संचार संयोजक पत्रकार खरेलले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार