Tuesday, December 10, 2024

सुरुङ्गामा जारी प्रदेश स्तरीय भेट्रान कप फुटबलमा बिर्तामोड भेट्रान क्लव सेमिफाइनल प्रवेश

Share

झापाको सुरुङ्गामा जारी प्रदेश स्तरीय भेट्रान कप फुटबल प्रतियोगीतामा बिर्तामोड भेट्रान क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा जारी प्रतियोगिताको सोमबार भएको तेस्रो दिनको खेलमा धरान भेट्रान क्लबलाई १-० गोल अन्तरले हराउँदै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । अब सेमिफाइनलमा बिर्तामोडको भेट बिराटनगर भेट्रान संग हुनेछ ।

बिर्तामोडको जितका लागी बिर्तामोडका जर्सि नं. २१ का खेलाडी बिमल गुरुङले खेलको दोस्रो हाफको २२ अौं मिनटमा गोल गरे ।
खेलको पहिलो हाफमा दुबै टिमले अाक्रमक खेल खेले पनि कतै बाट गोल हुन सकेको थिएन । प्रतिस्पर्धात्मक देखिएको खेलको दोस्रो हाफमा समेत दुबै तर्फ बाट गोल गर्ने मौका धेरै पटक पाए पनी गोल गर्न सकेनन् । अन्तत खेलको २२ अौं मिनटमा बिर्तामोडका जर्सि नं. २१ का खेलाडी बिमल गुरुङले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको समयावधि भर दुबै तर्फबाट थप गोल हुन नसके पछी गुरुङले गरेको गोलनै निर्णायक बन्न पुग्यो ।

खेलको म्यान अफ द म्याच उनै गोल कर्ता गुरुङ घोषित भए । उनलाई राधाकृष्ण फार्मेसी सुरुङ्गाले स्पोन्सर गरेको नगद २ हजार पुरस्कार फार्मेसीका संचालक नारायण कट्टेलले प्रदान गरे । त्यस्तै खेलको सुरुवातमै पहिलो गोलकर्तालाई नगद १ हजार प्रदान गर्ने घोषणा गरेका खेल प्रेमी पुराना खेलाडी लय प्रसाद उप्रेतीले गोलकर्ता गुरुङ्लाई नगद १ हजार प्रदान गरे ।

झापा, मोरङ र सुनसरीका ८ वटा टिमको सहभागीता रहेको प्रदेश स्तरीय प्रतियोगिताको विजेताले नगद पुरस्कार १ लाख १ हजार र उपविजेताले नगद ६५ हजार रुपैयाँ , प्रमाणपत्र , ट्रफी र मेडल साथै म्यान अफ द टुर्नामेन्टले नगद ५ हजार र म्यान अफ द म्याचले नगद २ हजार प्राप्त गर्ने छ ।

प्रतियोगिताको मंगलबार हुने चौथो दिनको खेलमा दुधे भेट्रान क्लब र धुलाबारी भेट्रान क्लब विच प्रतिस्पर्धा हुने छ । ठोस खबर

सम्वन्धित

अन्य समाचार