पुर्वको चर्चित पर्यटकिय स्थल धनुषकोटीधाम पर्यटकिय स्थलमा दुई पिकनिक समुहविचमा झगडा हुदा ३ जना घाईते बनेका छन ।
बिर्तामोडबाट आएको एक पिकनिक समुह र अर्को पिकनिक समुहका विचमा नाचगान गर्ने क्रममा अहिले करिव साढे ५ बजे झगडा परेको थियो ।
एक अर्को समुहले खुकुरी निकालेर अन्धाधुन्ध प्रहार गर्दा विर्तामोडको एक समुहका ३ जना घाईते बनेको र घाईतेमध्ये १ जनाको अबस्था गम्भिर रहेको स्थानीयको भनाई रहेको छ ।
सो क्रममा मोटरसाईकल समेत तोडफोड भएको बताइएको छ ।हाल सुरुङ्गा, बिर्तामोड लगायातका प्रहरीले उक्त स्थानलाई नियन्त्रणमा लिएका छन । हतियार प्रहार गर्ने समुहको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।कनकाई अनलाईनबात