Friday, October 18, 2024

मलद्धारमा लागू औषध ओसारपसार गर्ने ५ जना पक्राउ

Share

झापा । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालीका ६ बेलटारबाट मलद्धारमा फ्रिजिङ गरी लागू औषध ओसारपसार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १४ गते चौदण्डीगढी नगरपालीका ६ बेलटारबाट खटिएको प्रहरीको टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध ओसारपसार गर्ने उदेश्यले शरिर भित्र (मलद्धारमा) फ्रिजिङ गरी लागु औषध ल्याएको अवस्थामा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदपुरले जानकारी दिएको छ ।

मलद्धारमा लागुऔषध लुकाएको शंका लागेपछि चौदण्डीगढी अस्पतालमा भिडियो एक्सरे गर्दा मलद्धारमा फ्रिजिङ गरी ल्याइएको लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

सो क्रममा प्रहरीले चौदण्डीगढी न.पा. ६ बस्ने अन्दाजी ३० बर्षको बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद गरेको थियो । त्यस्तै सोही स्थानका ३२ वर्षिया बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, सोही स्थानका ३० वर्षका बिशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल, सोही स्थानका ३२ वर्षिय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल र सोही स्थानका ३२ बर्षका प्रबेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल फेला परेको प्रहरी जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल गरी जम्मा ३५ एम्पुल लागुऔषध प्रहरीले बरामद गरेको हो ।

उनीहरुलाई आवश्यक कानुनि कारवाहीको लागि उदयपुर जिल्ला अदालतबाट १० दिनकोे म्याद लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदपुरले जानकारी दिएको छ ।

सम्वन्धित

अन्य समाचार