सुनसरी / इटहरीमा आफ्नो बुबाको मृत्युपश्चात् तिन छोरीले हिन्दू संस्कार अनुसार बुढीगंगा मुक्ति घाटमा वुबाको दाह संस्कार गरेका छन् ।
तीन छोरीले आफ्ना बुवा ह्वाङ बहादुर खड्काकाको सफारीको ठक्करबाट साउन २५ गते रातको ७ बजे ५४ बर्षिय ह्वाङ बहादुर खड्काकाको दुर्घटना मृत्यु भएको थियो । उनको घोपा उपचारका लागि लादै गर्दा बाटो मै मृत्यु भएको हो । रमिला, मन्दिरा, इन्दिरा, खड्का छोरा नभएको कारण उनिहरुले दाग बत्ति दिएको छन ।
छोरी काज क्रिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै छोरीहरुले दाग बत्ति दीएका छन । छोराले मात्रै क्रिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै रमिला, मन्दिरा, इन्दिरा, खड्काले आफनो बुबाको क्रिया बसेका हुन् ।
समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै इटहरी १७ निवासी तिन छोरी क्रिया बस्ने भएका छन ।समाजले काजक्रियाका लागि छोरा नै हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको छ भने छोरा नहुनेको हकमा घरभित्रकै नजिकको व्यक्तिलाई क्रिया गर्न लगाउने गरेको थियो ।
खडका परिवारमा छोराहरुले बुवाको क्रिया बस्ने अठोट लिएपछि पारिवारिक सल्लाहमा संस्कार पूरा गर्ने जिम्मेवारी छोरीहरुलाई दिइएको हो ।खड्का पुर्व सेना समेत रहेका थिए ।
तिम्सिना सन्जिप इन्फो