Monday, December 2, 2024

लागू औषधसहित झापाको भद्रपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

Share

प्रतिबन्धित लागू औषधसहित झापाको भद्रपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल प्रान्त दार्जेलिङ जिल्ला खोरीबारी थानाका २२ बर्षिय शिवु घोष र सोही स्थानकी २६ बर्षिया श्यामली सोरेन रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो काठमाडौ र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त प्रहरी टोलीले लागुऔषध कारोवार भइरहेको विषेश सुचनाको आधारमा शुक्रवार भद्रपुर नगरपालिका वडा नं. ८ क्यापस मोडबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वबाट–पश्चिमतर्फ छुट्टा–छुट्टै साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर डिलरवाला शिवु घोषले बोक्न लगाएको श्यामली सोरेनको साथबाट १९४ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर फेला परेको जनाइएको छ ।

ब्राउन सुगर फोलापछि दुवै जनालाई नियन्त्रणमा लिएर उनीहरुले चलाई ल्याएको २ थान साइकल र मोबाईल २ थान समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार