Friday, February 14, 2025

झापाको हल्दिबारीमा हात्तीको आक्रमणले एकको मृत्यु

Share

 झापाको हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

आज बिहान ९ बजे हल्दिबारी–३ स्थित रणकालि सामुदायिक वनमा चौकीदारको रुपमा काम गर्ने सोही स्थानका चन्द्रबहादुर वनको छोरा ४० वर्षीय को धनबहादुर बन सोही सामुदायिक वनमा रेखदेखका लागि गएकोमा जंगलबाट आएको एक ओटा जंगली हात्तीले लछार पछार पारी किल्ची मारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जनाको जानकारी पाएपछि प्रहरी चौकी जलथलले घटना स्थाल सुरक्षित राखेको र अनुसन्धान तथा कानुनी प्रकृयाको लागि वडा प्रहरी कार्यालय भद्रपुर र जिप्रका झापाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

सम्वन्धित

अन्य समाचार