Thursday, November 21, 2024

दमकमा ब्राउनसुगर किनबेच, श्रीमान–श्रीमतीसहित तीन जना पक्राउ

Share

झापाको दमकबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।आज दिउँसो दमक नगरपालिका–५ नारायण गोपाल टोलस्थित गौरादह नगरपालिका–५ घर भई हाल दमक–५ डेरा गरी बस्ने बर्ष २७ को सरोज सुब्बा र उनकी श्रीमती ३२ वर्षीया मिना राईको कोठामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ब्राउनसुगर ८ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।उनीहरुसँगै रहेका कमल गाउँपालिका–४ का ३५ वर्षीय सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु तिनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

सम्वन्धित

अन्य समाचार