झापाको गौरीगञ्ज गाउँपालिकाबाट ट्याक्टर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।गौरिगञ्ज गाउँपालिका–१ मा होम थपलियाले घर अगाडी पार्किङ गरी राखेको मे १ त ७७६५ नम्बरको ट्याक्टर चोरी गरेर लगेको आरोपमा गौरादह नगरपालिका–९ का ३५ वर्षीय सुनिल टुडुलाई पक्राउ गरेको हो । चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जीवारिको टोलीले टुडूले भारततर्फ लाँदै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको थियो । ट्याक्टर चोरी गर्ने टुडुलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/04/Messenger_creation_6daaea5f-64ea-432c-88d3-f18261096ccf-1-1024x1024.jpeg)
![](https://sajhanewss.com/wp-content/uploads/2024/03/Picsart_24-03-24_19-06-03-945-724x1024.jpg)