Friday, October 18, 2024

मेचीनगरमा पिकअपको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त

Share

झापाको मेचीनगरस्थित धाइजनमा पिकअप गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि अहिले घटनास्थल तनावग्रस्त बनेको छ ।

स्थानीयले प्रहरीलाई शव उठाउन दिएको छैन । घटनास्थलमा आक्रोशित स्थानीयले शवलाई घेरेर प्रदर्शन गरिरहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । जसकारण मेची राजमार्ग समेत अवरुद्ध बनेको छ । घटनास्थलमा प्रहरी टोली पनि परिचालन गरिएको छ ।

प्रहरी भीड हटाउने प्रयासमा जुटेको बताइएको छ । मेची राजमार्ग सडक खण्ड अन्तर्गत मेचीनगर- १२ धाइजनस्थित रीतिका डेरी नजिकै बिहीबार साँझ गाडीको ठक्करबाट सोही ठाउँका राजन डन भनेर चिनिने ३५ वर्षीया राजन दर्जी घटनास्थलमै मृत्यु थियो ।

ठक्कर दिने गाडीको पहिचान नखुलेको प्रत्यक्षदर्शीहरू बताउँछन् । सो पिकअप गाडी इलामबाट झापा आएको बुझिएको छ । दुर्घटना गरी फरार भएको गाडीको खोजीमा प्रहरी जुटेको बताइएको छ ।

Time of pardesh बाट

सम्वन्धित

अन्य समाचार