कनकाई नगरपालिका ५ नम्बर वार्डले अति विपन्न २४ परिवारलाई निशुल्क विद्युत मिटर बितरण गरेको छ ।वार्ड कार्यालयले आफ्नो बजेटबाट बिद्युत मिटर नहुदा अध्यारोमा बसेका तथा विद्युत मिटर जडान गर्न नसक्दा अरुको घरबाट महगो दरमा बिजुली तानेर बाल्न बाध्य बनेका २४ घरपरिवारलाई वार्ड कार्यालयले आफ्नै खर्चमा मिटर खरिद गरेर निशुल्क बितरण गरेको कनकाई नगरपालिका ५ नम्बर वार्डका वडाअध्यक्ष कृष्ण राईले बताउँनुभयो ।मिटर बितरण कार्यक्रममा वडाअध्यक्ष कृष्ण राई, कार्यपालिका सदस्य सावित्रा बर्देवा, वडासदस्य गोविन्द कार्की, वडासचिव कमल भण्डारी, पुर्व वडासचिव डिल्लीराम विक लगायातले बिद्युत मिटर बितरण गरिएको हो । वार्डकार्यालयले बिद्युत मिटर बितरण गरेसगै स्थानीयले अव कम्तीमा उज्यालोमा बस्न पाउने भएका छन ।