प्रहरीले झापाको कनकाईबाट प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
राति ८ः४५ बजेको समयमा कनकाई-४ पूर्वपश्चिम राजमार्ग कनकाई पुलछेउमा दमक १ बस्ने २७ वर्षीय छङ राईको साथबाट प्रहरीले विभिन्न लागुऔषधसहित पक्राउ गरेको हो ।
बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे. १० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुंगाको टोलीले शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो ।
उनले पछाडि बोकेको कालो झोलाभित्र कालो प्लास्टिकमा एबोट ४९ एम्पुल, डाइजापाम ४९ द्धढ एम्पुल, नाम नलुखेको लागूऔषध ४९ एम्पुल, लुपिजेसिक २ एमएल लेखेको स्टिकर ७० थान, रेडमी मोबाइल थान एक र नगद ६ हजार २०० भेटिएको थियो ।
प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।