Author: समिर आलम

इलाममा खुकुरी प्रहार गरी छोराको हत्या गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगुका अनुसार सोमबार राति ९ बजे माई नगरपालिका वडा नम्बर ६ बिहीबारेमा बुवाले छोराको हत्या गरेको हो । बुवा दिलकुमार राईले आफ्ना १९ वर्षीय छोरा जीवनको पेटमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। घरायसी विवाद हुँदा दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेको आरोप छ। खुकुरी प्रहार भएपछि घाइते भएका जीवनको उपचारको लागि राति नै झापास्थित बिएण्डसी अस्पतालमा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मंगलबार बिहान सवा ३ बजे मृत्यु भएको डिएसपी जबेगुले बताए। घटनापछि प्रहरीले बुवा दिलकुमारलाई पक्राउ गरेको छ। प्रहरीले घटनासम्बन्धी थप…

Read More

•राम निरौला, कनकाई २१ पौष झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले जनताका हरेक समस्यामा सधैं एकजुट हुने प्रतिवद्धता जनाएका छन् ।समृद्धिको यात्रामा अघि बढ्दै गरेको कनकाई नगरपालिकाको विरुद्धमा आउने सबै किसिमका समस्यामा सधैं एकजुट हुने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सुक्रबार भएको १५औंं नगर सभामा उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिइन् । यसै अवसरमा ९वटै वडाका वडाअध्यक्षहरु क्रमशः सुशिलकुमार पोखरेल, बलराम राई(प्रताप), युवराज चम्लागाईँ, रोशन सुवेदी, नगर प्रवक्ता समेत रहेका कृष्णवहादुर राई, दिर्घवहादुर थापा, भिष्म सिटौला, लीलाबहादुर कटुवाल, राजेन्द्र उप्रेतीले क्रमैसँगले आ—आफ्नो धारणा राखेका थिए । हिउँदे अधिवेशनका रुपमा हेर्न सकिने नगर सभामा नगरपालिकामा रहेका…

Read More

पुष १७ गते •राम निरौलाकनकाई /झापाको कनकाई—२स्थित सुकेडाँगीमा रहेको कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर वर्गिकरण (सेग्रीगेसन) मेसिन संचालनमा ल्याएको छ । झापाका पालिकाहरु कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्येश्यले स्थापना गरिएको कम्पनीले कुहिने र नकुहिने फोहोर वर्गिकरण (सेग्रीगेसन) गर्ने कार्यकालागी मेसिन संचालनमा ल्याएको हो । भारतको अहमदावादबाट ल्याइएको सो मेसिन करिब ८८ लाखको लागतमा खरिद गरेको बताइएको छ ।कम्पनीका अध्यक्ष मदनगोपाल सुव्वाको अध्यक्षतामा भएको एक संक्षिप्त कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई…

Read More

काठमाडौँ । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका दैलेखका सुजन रावतको शवलाई परिवारको जिम्मा लगाइएको छ ।मंगलबार दिउँसो उनको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको हो ।शव परिवारलाई जिम्मा लगाएपछि अन्त्येष्टिको तयारी भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले बताए ।बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी रहेको अछाममा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

Read More

दोलखाको शैलुङ गाउँपालिका-४ काटाकुटीमा एकजना युवकको विभत्स हत्या भएको छ। शैलुङको काकाकुटीस्थित वीरेन्द्र माध्यमिक विद्यालयनजिकको भिरमा एकजना युवकको शव विभत्स अवस्था भेटिएको हो। स्थानीयबासीले घोप्टो परेको अवस्थामा युवकको देखेपछि सोमबार बिहान प्रहरीलाई बोलाएका थिए। इलाका प्रहरी कार्यालय मागापौवाबाट पुगेको टोलीले घटनास्थल सुरक्षितमा घेराबन्दी गरेपछि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली त्यहाँ खटिएको थियो। प्रहरीको टोलीले घटनास्थलमा पुगेर हेर्दा ती युवकको शव ज्याकेटले टाउको छोपिएको र बायाँ हातको हत्केला नभएको अवस्थामा भेटाएका थिए। यसरी विभत्स हत्या गरिएका युवक शैलुङ गाउँपालिका-४ मागापौवा निवासी ललितबहादुर भण्डारीका १८ वर्षीय छोरा भीष्म भण्डारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनको हत्या किन र के का…

Read More

मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् । सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई…

Read More

झापा –५ स्थित मद्रासा मिसबाहुल उलुमका सय जना विद्यार्थीहरुलाई वडा कार्यालयले व्याग वितरण गरेको हो ।व्याग वितरण गर्दै वडाध्यक्ष कृष्णप्रसाद राजवंशीले स्कुल र मदरसालाई मन हुँदाहुँदै पनि सहयोग गर्न नसकेको बताउँदै आगामी दिनमा अझै राम्रा कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै समाजसेवी तथा जग्गादाता इब्राहम अलीले व्यागको खाँचो रहेका विद्यार्थीलाई मात्र व्याग प्रदान गर्न सुझाव दिए ।उनले मदरसाले भौतिक पूर्वाधारसँगै गुणस्तरीय पठनपाठनमा समेत जोड दिनुपर्ने बताए। कार्यक्रममा मदरसा व्यवस्थापन समिति अध्यक्ष सेर मोहमदले व्याग वितरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिँदै सरकारले सामुदायिक विद्यालय र मदरसालाई सौतेलो व्यवहार गरेको आरोप लगाए । वडा सदस्य बिजयप्रसाद राजवंशीले संचालन गरेको…

Read More

१० पुस २०८० कनकाई/ •चन्द्र बस्नेत धान्यपुर्णिमा अर्थात उधौली पर्व आज देशभर हर्ष उल्लासकासाथ मनाएको छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनमा धान्यपुर्णिमा अर्थात उधौली पर्व मनाउने गरिन्छ ।खेतीकिसानीका आधारमा उधौली र उभौली दुई समयमा बाँडिएको । यस्तै, वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसानी गर्नका लागि मनाइने पर्व उभौली हो भने बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ ।उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाइ पितृ पूजा गरिनाकासाथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने प्रचलन पनि रहेको छ।यसैबीच मङ्सिर पूर्णिमा…

Read More

१० पुस २०८० कनकाई/ •चन्द्र बस्नेत किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरी यसवर्ष पनि पुर्वका किरात समुदायहरुले भव्य रुपले मनाएका छ्न। किरातजन्य सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाएका हुन् । किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् । यसैबीच झापाको बुद्धशान्तिमा पनि किरात राई समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपले मनाएका छ्न। बुद्धशान्ति गाउपालिकामा बुद्धशान्तिवडा न १,२ र ३ किरात राई यायोक्खा सयुक्त समितिका अध्यक्ष हरि…

Read More

कनकाई/ चन्द्र बस्नेत नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए ।महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्द चन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुंगानालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ढुंगानाको सम्मान उनका छोरा पूर्व पत्रकार देवेन्द्रकिशोर ढुंगानाले ग्रहण गरेका थिए ।…

Read More