१० पुस २०८० कनकाई/ •चन्द्र बस्नेत
धान्यपुर्णिमा अर्थात उधौली पर्व आज देशभर हर्ष उल्लासकासाथ मनाएको छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनमा धान्यपुर्णिमा अर्थात उधौली पर्व मनाउने गरिन्छ ।
खेतीकिसानीका आधारमा उधौली र उभौली दुई समयमा बाँडिएको । यस्तै, वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2023/12/received_857121936201049-1024x510.jpeg)
खेती किसानी गर्नका लागि मनाइने पर्व उभौली हो भने बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाइ पितृ पूजा गरिनाकासाथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने प्रचलन पनि रहेको छ।
यसैबीच
![](https://sajhanewss.com/wp-content/uploads/2023/12/received_299262066443859-1024x768.jpeg)
मङ्सिर पूर्णिमा दिनमा मनाईने उधौली पर्वको अवसरमा झापाको कनकाई नगरपालिका तथा बारदशी गाउँपालिका क्षेत्र भित्र रहेका सम्पुर्ण खब्तडी बस्नेतहरुको साझा सस्था खब्तडी बस्नेत बन्धु सेवा समिति द्वारा धान्यपुर्णिमा (उधौली पर्व) को अवसरमा कुलपुजा (गोठको धुप) तथा जेष्ठ दुई जना आमा बुबालाई सम्मान गरेको छ।
कनकाई-१, दुर्गपुर स्थित राजेन्द्र बस्नेतको घरमा आयोजना गरेको कार्यक्रममा कुलपुजा (गोठको धुप) तथा कनकाईका देब बहादुर बस्नेत तथा विष्णुमाया बस्नेतलाई जेष्ठ माता र पिताका रुपमा फुलमाला , दोसल्ला र प्रमाणपत्रबाट समान गरिएको हो।
![](https://sajhanewss.com/wp-content/uploads/2023/12/received_1078196056959921-1024x768.jpeg)
खब्तडी बस्नेत बन्धु सेवा समाज कनकाई तथा बारदशीका अध्यक्ष तुलाराम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुलबहादुर बस्नेतले स्वागत गर्नुभएको थियोे ।
कार्यक्रममा अध्यक्ष बस्नेतले औचित्य माथि प्रकाश पार्दै भावी योजनाका बारेमा समेत बन्धुहरुलाई अवगत गराउनुभएको थियो ।
कार्यक्रमको अवसरमा सस्थापक तथा आजिवन एक दर्जन बढी सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको समाजका अध्यक्ष मनोज बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा चम्फापुर माध्यमिक विध्यालय व्यवस्थापन समितिकि अध्यक्ष सीता बस्नेत ,खब्तडी बस्नेत बन्धु सेवा समाजका सल्लाहकार डिल्लीराम बस्नेत , होमबहादुर बस्नेत लगायतले बन्धुहरुको विगतको ईतिहासका बारेमा चर्चा गर्नुभएको थियो।
कुलपुजा सगै सम्मान कार्यक्रमकै अवसरमा साधारणसभा पनि सम्पन्न गरिएको छ।
साधारणसभाको अवसरमा सस्थाको आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष चन्द्र बस्नेतले प्रस्तुत भएको थियोे भने पुजामा भएको सम्पुर्ण खर्च कुलपुजाको आयोजना कर्ता समाजका सदस्य राजेन्द्र बस्नेतले गर्नुभएको थियोे ।
कार्यक्रममा दुई पालिकाभित्रका करीब ७० बढी बस्नेत बन्धु सहभागी रहेको कार्यक्रमको सन्चालन समाजका सचीव मनोज बस्नेतले गर्नुभएको थियोे ।आगामी बैशाखमा हुने कार्यक्रम कनकाई ४ स्थित भोजकुमारी बस्नेतको घरमा हुने पनि बताईएको छ।