Author: समिर आलम

कनकाई/ •राम निरौला झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरु सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ । यसै क्रममा प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई यस वर्ष पनि संचालन गर्ने तयारी गरेको जनाएको छ ।सोही अनुरुप कनकाई माविको खेल मैदानमा यहि माघ ६ गतेदेखी वार्षिक कार्यक्रमका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको हो । झापाका १० वटा पालिकाको सहभागीतामा संचालन हुने प्रतियोगिता १७ गते समापन हुने खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए…

Read More

कनकाई नगरपालिका ३ सुरुङ्गा बजारका पुराना व्यक्तित्व तथा समाजसेवी रघुनाथ भट्टराईको सवारी दुर्घटनामा परि आज दिउसो निधन भएको छ । ७० बर्षिय भट्टराईको आज दिउसो भएको सवारी दुर्घटनामा परि निधन भएको हो । भट्टराई जेष्ठ नागरिक कनकाई नगरको वडानम्बर ३ को अध्यक्ष लगायात धेरै संघ संस्थामा आवद्ध रहनुभएको थियो भने भट्टराई बन्धु समाज, नेकपा एमाले लगायातको विभिन्न जिम्बेवारीमा समेत रहनुभएको थियो । झापाको कमल गाउँपालिका ४ स्थित केर्खामा शनिवार दिउसो ३ः ५५ बजेको समयमा तीनवटा मोटरसाईकल र स्कुटी एकआपसमा जुध्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप २ जना घाईते हुनुभएको छ । कमल ४ स्थित केर्खामा पश्तिमबाट पुर्वतर्फ…

Read More

कनकाई/ •सिएम शर्मा परम्परागत रुपमा लाग्दै आइरहेको माइवेनी मेला पौष २९ बाट सुरु हुने भएको छ । प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी लाग्दै आएको माई मेला यसपटक पनि भब्य रूपमा लाग्ने भएको हो । कनकाई माईको दुवै किनारामा लाग्दै आएको माइवेनी मेला यसबर्ष पनि सधाझै पवित्र कनकाई माईको पुर्वी तटमा भने पौष २९ गतेबाट सुरुभई माघ २ गते सम्म भब्य रुपमा लाग्ने माईको पुर्वी तटका मेलाका आयोजक समिति अध्यक्ष पुर्ण लिम्बुले बताउँनुभयो । मकर नुहाउन अाउने र मेला भर्न आउने भक्तजनको सुविधालाई ध्यानमा राखेर नदिकिनारमा ठाउँठाउमा अागोताप्ने व्यवस्था साथै…

Read More

•राम निरौला साझा न्यूज \ झापाको कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले यहि पौष २७ र २८ गते ललितपुरको जावलाखेलस्थित बगैंचा रेष्टुरेण्टमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा कनकाई नगरपालिकालाई विशेष सम्मान गरेको हो । नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरी मुटु रोग, दीर्घ स्वासप्रश्वास, क्यान्सर जस्ता नसर्ने घातक रोगहरुबाट नगरबासीलाई जोगाउन नगरपालिकाको तर्फबाट खेलेको महत्वपूर्ण भुमिकाको उच्च मुल्याङ्कन गर्दै कनकाई नगरपालिकालाई सम्मान गरेको आयोजक संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेले बताएका छन् । कनकाई नगरपालिकाले गरेको ऐतिहासिक निर्णयबाट नेपाल…

Read More

२७ पुस २०८० कनकाई/ •चन्द्र बस्नेत आज पुस २७ गते अर्थात् पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ यो दिवस मनाईदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उहाँलाई छ।गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो।यसैबीच झापाको कनकाई नगरपालिकाले पनि आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाएको छ। गत वर्ष मात्रै पुर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका प्रवेश द्वारमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा…

Read More

२६ पुस २०८०कनकाई/•चन्द्र बस्नेत लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा लागुऔषध दुर्व्यसन सम्बन्धि सप्ताहाव्यापी विध्यार्थी लक्ष्यित सचेतना मुलक कार्यक्रम यतिबेला जारी छ। समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्नमा लायन्स क्लबले चासो देखाउदै बिद्यालय स्तरबाट सचेतना मुलक कार्यक्रम गरेको हो । गत पुस २२ गतेबाट कनकाई २ मा रहेको सरस्वती माध्यमिक विध्यालयबाट सुरु गरेको कार्यक्रम कनकाई ७ मा रहेकोे भृकुटि मावि , कनकाई ३ मा रहेकोे कनकाई मा वि , कनकाई ५ मा रहेको भगवती प्रा वि , कनकाई ६ मा रहेको चम्फापुर मा.वि. र आज कनकाई ३ मा रहेको हरिकुल नमुना विध्यालयमा…

Read More

कनकाई/ •लीलाराज झापाली इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखमा बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविनकुमार भट्टराई आउनु भएको छ । यसअघिका प्रहरी प्रमुख अशोक कोइरालाको अन्यत्र सरुवा भएपछि भट्टराई इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी इन्चार्जका रुपमा आउनुभएको हो ।विशेष कार्यक्रमका विच प्रहरी प्रमुख भट्टराईले परिचयत्मक कार्यक्रमका विच आफ्नो सेवा समेत सुरु गर्नुभएको छ । परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुुख भट्टराईले आफ्नो कार्यकालमा सबैको साथ र सहयोगबाटै शान्ति सुरक्षामा खटिने भन्दै नागरिक प्रहरी साझेदारीमा लागुऔषध, चोरी डकैटी लगायातका गतिविधिहरु नियन्त्रणमा लागि पर्ने बताउँनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडानम्बर ५ का वडाध्यक्ष कृष्ण राई, २ का वडाध्यक्ष प्रताव राई, ७…

Read More

कनकाई / •लीलाराज झापाली झापा कनकाई नगरपालिका ४ का युवा व्यावसायी चन्द्रप्रसाद अधिकारीले आफ्नो वार्डका ४० जना असाय असक्त तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई न्यानो ओढ्ने कपडा प्रदान गर्नुभएको छ । आफु समेत केहि बर्ष पहिलेसम्म कमजोर आर्थिक अवस्थामा रहदा जाडोमा पर्याप्त कपडा ओढ्न नपाएको भन्दै आफुले कमाएको रकमबाट ४० परिवारलाई जाडोको कपडा प्रदान गरेको बताउँन्भयो । कनकाई नगरपालिका ४ को वार्ड कार्यालयको समन्वयमा अधिकारीले जाडोको कपडा बितरण गर्नुभएको हो । विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाकी उपप्रमुख तथा दाता अधिकारीका शिक्षिका समेत रहनुभएकी आशाशर्मा शिवाकोटी, दाता चन्द्र अधिकारी उहाँका पिता जदुनिधि अधिकारी, आमा प्रेमकुमारी अधिकारी, कनकाई ४ का वडाध्यक्ष रोषन…

Read More

२५ मंसिर २०८० •चन्द्र बस्नेत कनकाई लैंगिक हिंसा पीडित महिलालाई झापाको कनकाई नगरपालिकाले अनुदान स्वरु व्यवसायमा थप अविवृर्धी गर्न अनुदान स्वरूप नगद रकम हस्तान्तरण गरेको छ। छलामो समय देखि परिवारबाटनै हिंसामा परेका नगरभरिमा रहेका महिलाहरूको पहिचान गरि विभिन्न व्यवसाय सन्चालन गर्दै जिविको पार्जन गर्दै आएका हिंसा पीडित महिलालाई आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सो रकम हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो। कनकाई ९ कि रचना प्रसाईं बिगत ९ वर्ष देखि श्रीमानको हिंसा सहन नसकेर सम्बन्ध बिछेच्त गरि झोला बनाउने काम गर्दै आएको र दुई छोरीलाई शिक्षा सहित पालनपोषण गर्दै ब्यवसाय अगाडी बढाउदै गर्दा…

Read More

‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी रोजिना बस्नेत र प्रमोद खरेलको स्वरमा ‘तिम्रो साथ विना’ बोलको गीत सार्वजनिक भएको छ। प्रतियोगिताको टप ११ बाट बाहिरिएकी रोजिनालाई कोच प्रमोदले यसै गीतमार्फत गायनमा अवसर दिएका हुन्।गीतलाई गायक खरेलकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको शब्द–संगीत रहेको गीतमा अभिन्यास पासवानको एरेन्ज छ। गीतको भिडियोमा प्रमोद र रोजिनाले नै अभिनय गरेका छन्। अर्जुन तिवारीले निर्देशन गरेको भिडियोलाई रोशन विश्वकर्माको कोरियोग्राफी गरेका हुन् भने बुद्ध थापाले छायांकन गरेका हुन्।

Read More