Monday, December 2, 2024

झापाको कनकाईमा हिंसा पीडित महिलालाई अनुदान रकम प्रदान

Share

२५ मंसिर २०८० •चन्द्र बस्नेत कनकाई

लैंगिक हिंसा पीडित महिलालाई झापाको कनकाई नगरपालिकाले अनुदान स्वरु व्यवसायमा थप अविवृर्धी गर्न अनुदान स्वरूप नगद रकम हस्तान्तरण गरेको छ।

छलामो समय देखि परिवारबाटनै हिंसामा परेका नगरभरिमा रहेका महिलाहरूको पहिचान गरि विभिन्न व्यवसाय सन्चालन गर्दै जिविको पार्जन गर्दै आएका हिंसा पीडित महिलालाई आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सो रकम हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो।

कनकाई ९ कि रचना प्रसाईं बिगत ९ वर्ष देखि श्रीमानको हिंसा सहन नसकेर सम्बन्ध बिछेच्त गरि झोला बनाउने काम गर्दै आएको र दुई छोरीलाई शिक्षा सहित पालनपोषण गर्दै ब्यवसाय अगाडी बढाउदै गर्दा नगर बाट प्राप्त यो ३० हजार रुपैयाँले थप ब्यवसाय बढाउदै लैजाने प्रतिवध्ता जनाउनुभयो।त्यस्तै कनकाई नौ कै कमला भुसालले पनि श्रीमानको हिंसा सहन नसकेर पाँच वर्ष अघि सम्बन्ध बिछेच्त गरि घैलाडुब्बा बजारमा पालरको ब्यवसाय सन्चालन गर्दै आएको बताउनुभयो ।एक छोराकी आमा समेत रहनुभएकी कमलाले यहीँ व्यवसाय बाट दु:खले जिवनयापन गर्दै आएको सुनाउनुभयो ।

आज नगर बाट प्राप्त यो ३० हजार रुपैयाँले थप ब्यवसाय बढाउदै लैजाने उहाँले पनि प्रतिवध्ता जनाउनुभयो।नगद रकम पाउने पारिवारिक हिंसा पीडित महिलाहरुमा कनकाई दुई कि मिना भुजेललाई व्यवसाय थपका लागि ३० हजार रुपैयाँ ,कनकाई ३ कि पार्वता विमलीलाई खाध्यान्यका लागि १० हजार रुपैयाँ ,कनकाई दुई कि विना लिम्बुलाई औसधि उपचारका लागि १० हजार रुपैयाँ , बालकुमारी बजगाईलाई व्यवसाय थपका लागि ३० हजार रुपैयाँ र कनकाई १ कि सहना माझीलाई औसधि उपचारका लागि २० हजार रुपैयाँ उपलब्ध गराईएको कार्यक्रम संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको तर्क राख्नुभयो। उहाँले महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।कार्यक्रममा न्यायीक समिति सदस्य नवलकिश्वर द्त्त , कार्यपालिका सदस्य कृष्णमाया भुजेल लगायतले मन्तव्य राख्दै पारिवारिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियोे ।

नगर उपप्रमुख शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत तथा सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख खतिवडाले गर्नुभएको थियोे । कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा समेत प्रदान गरिएको थियोे ।

सम्वन्धित

अन्य समाचार