Author: साझा न्युज

पोर्चुगल पठाइदिन्छु भनेर १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका घर भई ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यहाँ पुगेपछि मासिक २ लाख रुपैयाँ तलब हुने प्रलोभन दिएर पीडितबाट १३ लाख ९२ हजार लिएको पाइएको कार्यालयका सूचना अधिकारी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । साउदले पोर्चुगल पठाइदिन्छु भनी अजरबैजानसम्म पुर्‍याएर अलपत्र पारी फरार भएको र खोजी गर्दा बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग…

Read More

अभिनेता पल शाह हिजोआज महोत्सवमा सहभागी हुन दौडधुपमा व्यस्त छन् । पश्चिम नेपालका महोत्सवमा पुगेका उनी बुधबार पूर्वी सहर धरान पुगे । सोही दिन बेलुका उनले इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा मनोरञ्जन प्रदान गरे । बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर उनले गैंती-बेल्चाजस्ता औजार कोसेली दिए । उक्त खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरेको र मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताए । औजार कोसेली दिने क्रममा अहिले हलमा चलिरहेको फिल्म ‘जारी’की कलाकार रेखा लिम्बू पनि उपस्थित थिइन् । ‘हर्क सरको सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुसी लागेको छ । महोत्सवबाट पाएको पारिश्रमिकको…

Read More

काठमाडौँ — विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले विद्यार्थी विदेश जानुको मुख्य कारण उच्च शिक्षासम्बन्धी एकीकृत शैक्षिक क्यालेन्डर नहुनुलाई औंल्याएका छन् । शिक्षा नीतिमा सुधार, लगानी वृद्धि र शैक्षिक प्रणाली व्यवस्थित गर्न सके विदेश जाने क्रम घट्ने उनीहरूले बताएका छन् । विश्वविद्यालय अनुदान आयोगले बुधबार गरेको ‘नीति’ संवादमा ११ विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र डिनले भर्ना, परीक्षा, नतिजालगायत विषयमा समयसीमा नतोक्दा र अव्यवस्थित शैक्षिक प्रणालीका कारण विद्यार्थी एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिएर विदेश जाने गरेको बताए । उनीहरूले सरकार वा आयोगले समन्वय गरेर एकीकृत शैक्षिक क्यालेन्डर तय गर्नुपर्नेमा जोड दिए । एकीकृत शैक्षिक क्यालेन्डर बनाएर राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोगलगायत नियामक निकायको वार्षिक कार्यतालिकासँग पनि जोड्नुपर्ने पदाधिकारीको…

Read More

सुरुङ्गामा साँस्कृतिक पर्यटन प्रवद्र्धनसँगै दोस्रो फुड फेस्टिवलमा आज चर्चित गायिका ज्योती मगरको बेजोड प्रस्तुती हुने आयोजक समितिले जानकारी दिएको छ । आज उक्त फेस्टीवलमा ज्योती मगरको प्रस्तुती हेर्न विभिन्न स्थानबाट करिव १५०० भन्दा बढीको उपस्थिति हुने अनुमान गरिएको छ ।

Read More

वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आज काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् । मैनालीले काठमाडौँ गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिने भन्दै पटकपटक गरी रु छ लाख ५० हजार ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आरोपित मैनालीलाई काठमाडौँस्थित बबरमहलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाप्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक रोजगार विभागको पत्रअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले मैनालीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा करबाहीको लागि आजै वैदेशिक रोजगार विभागको जिम्मा…

Read More

१३ वैशाख, काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो । समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएका थिए । बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको हो । शर्मा नेकपा माओवादी केन्द्र, दाहाल नेकपा एमाले र रायमाझी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय…

Read More

होटल ब्यवसायी संघ झापाको आयोजना तथा संघको क्षेत्रीय समिति सुरुङ्गाको सह–आयोजनामा संचालन भएको महोत्सवको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक विशेष समारोहका विच उद्घाटन गरेका हुन् । होटल व्यवसायी संघ जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन विशेष समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख पोखरेलले पर्यटन प्रवद्र्धनका क्षेत्रमा कनकाई नगरपालिकाले आफ्नो अभियान संचालन गरिसकेको बताए । कनकाईको समृद्धि नै पर्यटनबाट सम्भव हुने भन्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले होटल व्यवसायी संघले संचालन गरेको महोत्सवले कनकाईको धार्मिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Read More

झापाको कनकाई नगरपालिकाले प्राक्रृतिक विपत्तीमा परेका नगरवासीलाई क्षतीपुर्ती दिने तयारी गरेको छ । असिनापानीसहित आएको हावाहुरीबाट पीडित बनेका नगरका स्थानीयहरुलाई क्षतिपुर्ति दिने भएको हो । क्षतिको यकिन विवरणका लागि वडागत रुपमा प्राविधिक परिचालन तथा सरोकारवाला निकायहरुको प्रतिवेदनका आधारमा नगरले क्षतिपूर्ति दिने भएको हो / गत चैत १७ गते साँझ आएको असिनापानीसहितको हावाहुरीले कनकाई नगरपालिकाका विभिन्न वडाहरुको घर तथा कृषि बालीमा ठूलो क्षति पुर्याएको थियो । नगरले वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको जग्गा नाँपजाँच प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विउ उपलब्ध गराउने भएको छ । वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको प्रतिवेदन र…

Read More

काठमाडौँ — एपीएफले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा सोमबार खुमलटारलाई २–० ले हराएको छ । सातदोबाटोमा भएको १२ औं चरणको पहिलो खेलमा एपीएफका लागि अब्दु रमानी र अरमान्ड बिडोङले गोल गरे । यस जितसँगै एपीएफ लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपीएफले १२ खेलबाट १७ अंक बनाएको छ । खुमलटार १३ अंक सहित ११ औं स्थानमा रह्यो । रमानीले २६ औं मिनेटमा पहिलो गोल गरेपछि विडोङले ७० औं मिनेटमा दोस्रो गोल थपेका हुन् ।

Read More