काठमाडौँ — एपीएफले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा सोमबार खुमलटारलाई २–० ले हराएको छ । सातदोबाटोमा भएको १२ औं चरणको पहिलो खेलमा एपीएफका लागि अब्दु रमानी र अरमान्ड बिडोङले गोल गरे ।
![](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2023/third-party/khumaltara-2442023015047-1000x0.jpg&w=1000&h=0)
यस जितसँगै एपीएफ लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपीएफले १२ खेलबाट १७ अंक बनाएको छ । खुमलटार १३ अंक सहित ११ औं स्थानमा रह्यो ।
रमानीले २६ औं मिनेटमा पहिलो गोल गरेपछि विडोङले ७० औं मिनेटमा दोस्रो गोल थपेका हुन् ।