Author: साझा न्युज

सरकारले पछिल्ला केही वर्षदेखि प्रविधिमैत्री सरकारी सेवाको नारा पिट्दै आइरहेको छ । त्यसै अनुसार केही काम पनि भएका छन् । तर, सरकारी सेवामा सूचना प्रविधि (आईटी) का जनशक्ति अभाव हुँदा प्रविधिमैत्री सेवाको नाराले सार्थकता पाउन सकेको छैन् । सरकारले तयार पारेका सिस्टमले गतिलोसँग काम गरिरहेका छैनन् । सिस्टममा बेला बेला समस्या आउँदा नागरिकले दुख पाइरहेका छन् । जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा परेको छ । एकातिर सरकारले प्रविधिमैत्री सेवा दिने भन्छ, अर्कोतिर जनशक्तिको अपुग छ ।  अहिले भएका सिमित जनशक्ति चारैतिर छरिनु पर्ने अवस्था छ, त्यसले गर्दा प्रविधिमैत्री सेवा प्रवाहमा समस्या देखिएकाे छ । प्रविधिमैत्री सेवा भन्छौं…

Read More

सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६।३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय…

Read More

भारतको स्वदेशी क्रिकेट लिग भए पनि ‘आईपीएल’को प्रतिक्षा विश्वभरकै क्रिकेट फ्यानलाई हुन्छ । आईपीएलमा खेल्ने टिमदेखि खेलाडीलाई लिएर विश्वभरमा नै प्रतिक्षा गरिएको हुन्छ । सोमबार राती आईपीएलको फाइनलसँगै यो वर्षको संस्करण सकिएको छ । गुजरात टाइटन्ससँग चेन्नई सुपर किङ्गसले खेलेको खेलमा चेन्नईले जित हासिल गरेसँगै २०२३ को आईपीएल समाप्त भएको छ । संसारकै तेस्रो ठूलो लिग आईपीएलको कमाइ कति हुन्छ ? खेल र खेलाडीबारे धेरै खेलप्रेमी जानकार भएर पनि आईपीएलभित्रको आर्थिक पाटोको विषयमा धेरैलाई जानकारीको अभाव छ । यो वर्षको आईपीएलको कमाइ १२ गुणाले बढेको छ । आईपीएल खेलको प्रसारणको अनुमति खरिद प्रायः ५ देखि १० वर्षका लागि हुने गर्छ…

Read More

सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका अधिकांश पूराना कार्यक्रमलाई निरन्तरता दिएको छ । आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन् । तर, बजेटमा सरकारले शिक्षा क्षेत्र सम्बन्धित केही नयाँ कार्यक्रम पनि अगाडि सारेको छ । अहिलेसम्म शिक्षा विषय अध्ययन गरेका वा एकवर्षे बिएड गरेका विद्यार्थीले मात्रै दिन पाउने शिक्षकको लाइसेन्स परीक्षामा अब सबै विषय अध्ययन गरेका विद्यार्थी सहभागी हुन पाउने आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री महतले त्यसका लागि आवश्यक कानूनको व्यवस्था गर्ने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटमा…

Read More

मास्लोको सिद्धान्त अनुसार, यौन आवश्यकताहरू खाना र पानीजस्ता आधारभूत शारीरिक आवश्यकताहरू हुन्। यौन आवश्यकताको पूर्ति खुसी र सन्तुष्ट जीवन बिताउनको लागि निकै आवश्यक छ। त्यसको पूर्ति नहुनुले पनि व्यक्तिको कार्य सम्पादनमा बाधा पुर्‍याउँछ। यौन सम्बन्ध खुसीको लागि मात्र होइन, यो आफ्नो पार्टनरलाई आफ्नो स्नेह र माया देखाउने माध्यम पनि हो। तर यौन सम्बन्धलाई रमाइलो र प्रभावकारी बनाउनको लागि यौन शक्ति हुनु आवश्यक छ। सबै व्यक्तिहरू प्राकृतिक यौन शक्ति लिएर जन्मेका हुँदैनन् वा कतिपयले उमेर बढ्दै जाँदा यौन क्षमता गुमाउँछन्। यौन शक्ति मूलतः यौन सक्रिय र बलियो हुनुको अवस्थालाई बुझाउँछ। पुरुषहरूमा अपेक्षाकृतरुपमा उच्च कामवासना हुन्छ र तिनीहरू सामान्यतया चाँडै उत्तेजित पनि…

Read More

कनकाई झापा । कनकाई नगरपालिका झापाको मध्य भागमा रहेको छ। क्षेत्रफलको हिसावमा ७९.१ बर्ग कि.मि मा फैलिएको यो नगरपालिकाम ९ वटा वटा रहेकाछन। १४ वटा सामुदायिक विद्यालय मध्ये पशुपति प्रा.वि. कनकाई १ प्रजापतिमा अवस्थित रहेको छ। कनकाई नगरपालिकालाइ शैक्षिक हव बनाउदै गर्दा विद्यार्थी संख्या कमी रहेको पशुपति प्रा.वि मा यस वर्ष भने शैक्षिक सुधार तर्फ अगाढी बढेको पाईएको छ। कनकाई १ को माथिल्लो भेगमा अन्य सामुदायिक विद्यालय र बोर्डिङ नभएकोले शैक्षिक तथा प्रसासनिक सुधार गर्न सके विद्यार्थी संख्या बढ्ने कुरा स्वयम विद्यालयका प्रधानध्यापक खेम कार्की स्वीकार्छन। प्रधानाध्यापक खेम कार्की भन्नुहुन्छ केही वर्ष अघाढी जम्मा ४० जना विद्यार्थी थिए, यस वर्षवाट…

Read More

कनकाई नगरपालिका झापा झापा जिल्लाको मध्यभागमा रहेको नगरपालिका हो। नेपालको बन्द निषेधित तथा विद्युत चुवाट मुक्ता नगरपालिको रुपमा पहिचाहन बनाएको कनकाई नगरपालिका समग्र देश भरका नगरपालिकामा उत्कृष्ट नगरपालिकाका सूचीहरुमा  समेत रहेकोछ। सूससान र सेवा प्रवाहलाइ चुस्त दुरुस्त राख्नुपर्छ सेवाग्राहीले कुनै पनि सेवा लिन आउदा दुख पाउनु हुदैन सहजै सेवा पाउनु पर्छ भन्ने विषयमा यहाँका जनप्रतिनिधी तथा कर्मचारीहरु सवैको एउटै ध्येयछ। यसै विच आज एक कार्यक्रम गर्दै कनकाई नगरपालिकाले सूचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली,२०६५ को नियम ३ बमोजिम पहिलो पटक स्वत प्रकासन गरेको छ। ऐनमा व्यवस्था भए बमोजिम अवका दिनहरुमा नियमित रुपमा प्रकासन गर्दै जाने कुरा…

Read More

कनकाई नगरपालिकाको नगर बाल अधिकार समितिले जोखिममा रहेका २ जना बालकहरुको उद्धार गरेको छ । विशेष जानकारीका आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएको अन्दाजी ११ वर्षको बालक – १ र बेवारिसे अवस्थामा भेटिएको अन्दाजी ११ वर्षको बालक – १ गरी २ बालकहरुलाई नगरपालिकाको बालकल्याण एकाईको नेतृत्वमा बाल हेल्पलाईन १०९८‚ विराटनगर र प्रहरी सहितको संयुक्त टोलीले जेठ ८ गते उद्धार गरेको हो । उद्धार गरिएका बालकहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्रकुमार पोखरेलको रोहवरमा नगर बाल अधिकार समितिका अध्यक्ष तथा उपप्रमुख श्री आशा शिवाकोटीले अस्थायी संरक्षणका लागि बाल हेल्पलाईन १०९८‚ विराटनगरलाई हस्तान्तरण गर्नुभयो । जोखिममा रहेका बालबालिका भेटिए तत्कालै…

Read More

चलचित्र विकास बोर्डले वार्षिक रूपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’ को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ। आफ्नो वेबसाइटमार्फत जेठ १ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन अनुरोध गरिएको छ। लेख पठाउँदा चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्ष रूपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि, खोज तथा अनुसन्धानमूलक पठाउनुपर्ने प्रकाशन समितिका संयोजक तथा बोर्ड सदस्य रविचन्द्र अधिकारीले बताए। लेख रचना चलचित्र क्षेत्रसँग सम्बन्धित नीति, कानुनी व्यवस्था, चलचित्र निर्माण प्रदर्शन तथा वितरण, बक्स अफिस व्यवस्था, चलचित्र विकास बोर्डको भूमिका, स्वदेशी तथा विदेशी…

Read More

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सकिएको छ। निर्देशक खनालले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्। उनका अनुसार २ महिनामा फिल्मको छायांकन सकिएको हो। टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्। कृष्ण थापाले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गर्नेछन्। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ। २०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को स्पिन-अफको शीर्ष भूमिकामा विपिन…

Read More