Author: admin

१६ जेठ, काठमाडौं । अन्ततः सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको हिउँदमा मासिक ३० र बर्खायाममा ५० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा तत्कालै कार्यान्वयन नहुने देखिएको छ । नीति तथा कार्यक्रमको घोषणा अनुसार बजेटले यो घोषणालाई सम्बोधन गरेन । नीति तथा कार्यक्रमको घोषणा अनुरुप ठूलो मात्रामा विद्युत प्राधिकरणलाई शोधभर्ना गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयले घोषणा कार्यान्वयनबाट पछि हटेको हो । अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार यस्तो छुट सुविधा दिन ठूलो बजेटको बन्दोबस्त गर्नुपर्ने देखिएपछि यो वर्षको बजेटले यो कार्यक्रमलाई समेट्न नसकेको हो । वर्ग समेत निर्क्योल नगरी सबैखालका उपभोक्तालाई बिजुलीमा छुट दिने घोषणामा अर्थ मन्त्रालयका अधिकारीहरु नै सन्तुष्ट थिएनन् । ‘अर्थमन्त्रीज्युले…

Read More

कनकाई नगरपालिकाद्वारा आयोजित १६ औँ गणतन्त्र दिवशका केहि झलकहरु । कनकाई नगरपालिकाद्वारा आयोजित १६ औँ गणतन्त्र दिवशको अवसरमा आज एक कार्यक्रमका विच उपस्थित कनकाई नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीहरु तथा ईलाका प्रहरी कार्यालय सुरुङ्गाका कार्यालय प्रमुख सहितको टोलीले नेपाली राष्ट्रिय झण्डाको उत्तोलन गरी कार्यक्रम गरिएको कनकाई नगरपालिकाकाका नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिनुभएको थियो । उक्त कार्यक्रमको संचालन नगरका कर्मचारी लक्ष्मी प्रसाद अधिकारीले गर्नुभएको थियो भने उपस्थित सम्पूर्णलाई स्वागत वडा नं. ८ का वडाध्यक्ष लिला बहादुर कटुवालले गर्नुभएको थियो । उक्त कार्यक्रममा नगर प्रमुखले १६ औँ गणतन्त्र दिवस २०८० को…

Read More

७ जेठ, रौतहट भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ । गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख २ हजार रुपैयाँमा लिलाम गरिएको थियो । त्यसका लागि कर्मचारीहरुले दुई घण्टे सूचना जारी गरेका थिए भने रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएका कम्पनीलाई समेत लिलाम प्रक्रियामा समेटेका थिए । जेठ १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रौतहटको राजपुर ५ मा रहेको एक…

Read More

५ जेठ, झापा, आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैंजस्तो चन्द्रमा देखिंदैन । रातको समयमा आकाश खुल्यो भने पनि चम्किलो चन्द्रमा देखिने छैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ । आखिर चन्द्रमा कालो कसरी हुनसक्छ ? के चन्द्रमाको प्रकाश सकिएर त्यस्तो भएको हो ? कालो चन्द्रमाले धर्तीमा कस्तो असर पार्न सक्छ ? कालो चन्द्रमा पछाडिको विज्ञान के हो ? हुनत कालो चन्द्रमा नामकरणको कुनै वैज्ञानिक अर्थ र यो नामसँग खगोल विज्ञानको कुनै सम्बन्ध पनि छैन । यसपटक आकाशमा देखापर्ने यस्तो चन्द्रमालाई आमरुपमा मौसमी कालो चन्द्रमा भनिन्छ । यो सिजनको चार नयाँ चन्द्रमामध्ये यो तेश्रो नयाँ चन्द्रमाको रुपमा रहेको…

Read More

५ जेष्ठ, झापा, लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा फुटबल जर्सी लगाउने भएको छ । जारी सिजनको ६८ औं खेल लखनउ र कोलकाताबीच शनिबार इडेन गार्डेन कोलकतामा हुनेछ । यस खेलमा विजयी भएमा लखनउले प्लेअफमा स्थान पक्का गर्नेछ । लखनउ कोलकताविरुद्ध भारतीय चर्चित फुटबल क्लब मोहन बगानको जर्सीमा मैदान उत्रर्नेछ । मोहन बगान र लखनउका मालिक एउटै हुन् । त्यतिमात्रै होइन भारतको सर्वाधिक पुरानो र सफल क्लब भएकाले सम्मान स्वरुप मोहन बगानको फुटबल जर्सीमा मैदान उत्रन लागेको लखनउले जनाएको छ । मोहन बगान फुटबल क्लबको नाम समेत परिवर्तन भएको छ । क्लबको नाम…

Read More

केही अन्तर्राष्ट्रिय अनलाइनले छनोट प्रतियोगिताको ड्र भइसकेको भन्दै समूह विभाजनसहितको समाचार प्रकाशित गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालसम्म आधिकारिक ड्र सार्वजनिक गरेको छैन । प्रतियोगिता हुन अब एक महिना मात्र बाँकी छ । आईसीसीले आउने साता विश्वकप छनोटको ड्र हुने जनाएको छ । साझान्यूजले सोधेको प्रश्नमा आईसीसीले इमेल पठाउँदै आउने साताको सुरुवातमा विश्वकप छनोटको ड्र हुने जानकारी दिएको हो । ‘हामी अर्को हप्ताको सुरुमा हाम्रो नर्मल च्यानलहरूमार्फत खेल तालिका घोषणा गर्नेछौं’, आईसीसीले इमेलमा भनेको छ । जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले…

Read More