Monday, December 2, 2024

कनकाई नगरपालिकामा आज १६ औँ गणतन्त्र

Share

कनकाई नगरपालिकाद्वारा आयोजित १६ औँ गणतन्त्र दिवशका केहि झलकहरु ।

कनकाई नगरपालिकाद्वारा आयोजित १६ औँ गणतन्त्र दिवशको अवसरमा आज एक कार्यक्रमका विच उपस्थित कनकाई नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीहरु तथा ईलाका प्रहरी कार्यालय सुरुङ्गाका कार्यालय प्रमुख सहितको टोलीले नेपाली राष्ट्रिय झण्डाको उत्तोलन गरी कार्यक्रम गरिएको कनकाई नगरपालिकाकाका नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिनुभएको थियो । उक्त कार्यक्रमको संचालन नगरका कर्मचारी लक्ष्मी प्रसाद अधिकारीले गर्नुभएको थियो भने उपस्थित सम्पूर्णलाई स्वागत वडा नं. ८ का वडाध्यक्ष लिला बहादुर कटुवालले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नगर प्रमुखले १६ औँ गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेष्ठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउदै आइरहेको व्यहोरा सवैमा जानकारी नै भएको तथा जन आन्दोलन २०६२/०६३को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ।

सम्वन्धित

अन्य समाचार