Friday, October 18, 2024

यात्रुबहाक बस कोशी ब्यारेजबाट नदीमा खस्यो

Share

विराटनगर । यात्रुबहाक बस सप्तकोशी नदीमा खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

उनका अनुसार यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ हामी घटनास्थलतर्फ जाँदै छौं । थप केही खुलेको छैन,’ तिवारीले भने ।प्रत्यक्षदर्शीका अनुसार विराटनगरबाट गाइघाट जाने क्रममा नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको बस कोसी ब्यारेजको ३६ नम्बर ढोका अगाडीबाट पानीमा खसेको हो ।

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

सम्वन्धित

अन्य समाचार